+
+

पोखराको हेम्जामा जिपको ठक्करबाट एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते ६:५२

१५ जेठ, पोखरा । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जास्थित सुन्दरपुरी चोकमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

बागलुङबाट पोखरा आउँदै गरेको लु ३ च ५१२ नम्बरको जिपले ठक्कर दिँदा अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको वडा प्रहरी कार्यालय बगरले जनाएको छ । प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन ।

सवारी दुर्घटना भएको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले घाइते अवस्थामा एक पुरुषलाई फेला पारी उपचारका लागि पश्चिम क्षेत्रीय अस्पतालमा पुर्याएको थियो । चिकित्सकले गएराति करिब १० बजेतिर मृत घोषणा गरेका थिए ।

घटनाको थप अनुसन्धानको क्रममा बाग्लुङबाट पोखरातर्फ आउँदै गरेको लु ३ च ५१२ नं. को जिपले उक्त व्यक्तिलाई ठक्कर दिएको भन्ने थाहा पाएपछि जिप र जिप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?