+
+

क्लासिक टेकको आउटलेट संख्या १०४ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते १५:५९

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले सपोर्टलाई प्राथमिकता दिंदै प्रयोगकर्ता-मैत्री एप र नयाँ आउटलेट खोल्ने क्रमलाई  निरन्तरता दिएको छ  ।

नयाँ आउलेटहरु   गैरीधारा, थानकोट, चाबहिल, थली,  केराबारी, पुष्पलाल चोक र बुधबारेमा विस्तार गर्दै ग्राहक लाई अझै  गुणस्तर  सेवा प्रधान गर्ने उदेश्य राखेको क्लासिक टेकले जनाएको छ  । यी  विस्तारसँगै देशभर आउटलेट संख्या १०४ पुगेको कम्पनीले बताएको छ।

ग्राहकहरूले अफिस भिजिट नै  नगरी क्लासिक टेक एपमार्फत  फोन  बाटनै  इन्टरनेट सम्बन्धी गुनासो, सापटी , महसुल भुक्तानी लगायत अरु सुविधाहरु लिन सक्नेछन् । झन्झटमुक्त कारोबारहरू उपलब्ध गराउन  अनलाइन भुक्तानीहरूमा सरलता ल्याएको कम्पनीको भनाइ  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?