+
+

कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर, काठमाडौंका ४४ स्थानमा स्मार्ट ट्राफिक लाइट

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते १८:३५

१५ जेठ, काठमाडौं । सरकारले कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा सरकारले फ्लाईओभर निर्माण गर्ने घोषणा गरेको छ । ग्वार्कोमा निर्माणाधीन फ्लाई ओभर आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न हुने सरकारले दाबी गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य प्रस्तुत गर्दै यो दाबी गरेका हुन् ।

साथै काठमाडौंका थप ४४ वटा व्यस्त चोकमा स्मार्ट ट्राफिक लाइट जडानसमेत गरिने छ । सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाउने र  सुरक्षित सडक सञ्जालको विकास गरी दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा परीक्षण गर्ने व्यवस्थासमेत गरिने समेत बजेट वक्तव्यमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?