+
+

पाठेघर क्यान्सर रोकथामका लागि ९ देखि १४ वर्ष बालिकालाई खोप लक्षित कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते १८:४३

१५ जेठ, काठमाडौं । सरकारको बर्षैपिच्छे प्राथमिकतामा पर्ने गरेको पाठेघरको मुखको क्यान्सर विरुद्ध खोपको कार्यक्रमलाई यसपटक पनि समावेश गरेको छ ।

संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले महिलामा देखिने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर निःशुल्क तत्काल पहिचान र प्राथमिक उपचारलाई क्रमश विस्तार गरिने बताए ।

पाठेघरको क्यान्सर रोकथामका लागि ९ देखि १४ बर्षसम्मका बालिका लक्षित एचपीपीभी खोप कार्यक्रमलाई विस्तार गरिने उनको भनाई छ ।

त्यसैगरी, सबै केन्द्रीय अस्पतालमा बाझोँपन, निसन्तान उपचार सेवा क्रमश विस्तार गर्ने र शहिद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रको क्षमता विस्तार गर्ने सरकारले घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?