+
+

सामाजिक सुरक्षा कोषमा आबद्ध वैदेशिक रोजगारीमा गएकालाई सबै आकारको टिभीमा भन्सार छुट

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते १९:२९
फाइल तस्वीर

१५ जेठ, काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोषमा आबद्ध भएर वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जुनसुकै आकारको एक थान टेलिभिजनमा भन्सार छुट दिने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले ल्याएको बजेटमा वैदेशिक रोजगारीमा गएर फर्किएका श्रमिकका लागि यस्तो सुविधा घोषणा भएको हो ।

तर, यस्तो सुविधा पाउन कम्तीमा एक वर्ष वैदेशिक रोजगारी गरेर फर्किएको हुनुपर्नेछ । अहिलेसम्म वैदेशिक रोजगारीमा गएर फर्किनेहरूले ३२ इन्चसम्मको टिभी ल्याउँदा भन्सारमा छुट पाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?