+
+

आगामी आवमा आर्थिक वृद्धिदर ६ प्रतिशत हुने अनुमान

मुद्रास्फीति साढे ६ प्रतिशतभित्र कायम राख्ने लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते १९:३८

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ । सोमबार संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त लक्ष्य लिएको बताए ।

१७ खर्ब ५१ अर्बको बजेट ल्याएका महतले आागमी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल मुद्रास्फीति गर्दा ६.५ प्रतिशत भित्र कायम राख्ने लक्ष्य लिएको बताए ।

चालु आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धि र ७ प्रतिशत भित्र मुद्रास्फीति कायम राख्ने लक्ष्य सरकारले लिएको थियो । तर २.१६ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हुने अनुमान केन्द्रीय तथ्यांक कार्यालयले जारी गरिसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?