+
+

निशा बनिन् तेक्वान्दोको लेभल टु प्रशिक्षक

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते २०:२५

१५ जेठ,  काठमाडौं । ओलम्पियन निशा रावलले ‘लेभल टु कोचेज’ कोर्स उत्तीर्ण गरेकी छन् ।

राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारीसमेत सम्हाल्दै आएकी निशाले वर्ल्ड तेक्वान्दोले गत मे १९ मा सञ्चालन गरेको ‘लेभल टु कोचेज’ कोर्स उत्तीर्ण गरेकी हुन् ।

उनले यसअघि गत फेब्रुअरी ६ मा ‘लेभल वान कोचेज’ कोर्स उत्तीर्ण गरेकी थिइन् ।

तेक्वान्दोकी चौथो डान निशाले राष्ट्रिय टोलीसँगै विभिन्न विद्यालयमा पनि प्रशिक्षण गराउँदै आएकी छन् ।

निशा यही जेठ १५ देखि २१ गतेसम्म अजरबैजानको बाकुमा हुने तेक्वान्दोको वर्ल्ड च्याम्पियनसिपमा पनि नेपाली टोलीको प्रशिक्षकका रुपमा सहभागी हुँदै छिन् ।

वर्ल्ड च्याम्पियनसिपमा नेपालका चार महिला र चार पुरुषले प्रतिस्पर्धा गर्ने छन् ।

महिला टोलीको प्रशिक्षकको जिम्मेवारी निशाले सम्हाल्दै छिन् । वर्ल्ड च्याम्पियनसिपमा नेपालका चार महिला र चार पुरुषले प्रतिस्पर्धा गर्दै छन् ।

पुरुषको ६८ केजी तौल समूहमा वीर महरा, ८७ केजीमा निरज देवा, ६३ केजीमा गोविन्दबहादुर आले र सुमित विष्टले ५४ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् ।

यस्तै महिलातर्फ ४६ केजी तौल समूहमा युनिशा राई, ४९ केजीमा काजल श्रेष्ठ र ६७ केजी तौल समूहमा इन्दिरा बस्नेतले प्रतिस्पर्धा गर्ने छन् ।

निशाले सन् २०१६ मा ब्राजिलमा भएको रियो ओलम्पिकमा नेपालको चुनौती प्रस्तुत गरेकी थिइन् ।

३१ औं ग्रिष्मकालीन ओलम्पिकमा वाइल्ड कार्डमार्फत छनोट भएकी उनले महिला ६७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् ।

ललितपुरको इमाडोलकी निशाले यसअघि सन् २०१४ को इन्चोन एसियाडमा प्रतिस्पर्धा गरेकी थिइन् । उनले हङकङ एसियन सिटी गेम्स र काठमाडौंमै भएको माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दोमा स्वर्ण पदक जितेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?