+
+

काठमाडौं किकर्सले जर्मनीमा दुई खेल जित्यो

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १६ गते १२:२८

१६ जेठ, काठमाडौं । काठमाडौं किकर्स फुटबल एकेडेमीको यू-१३ टिमले जर्मनीको म्युनिकमा फिन्च्त जुनियर फुटबल ५४औं भीआर बैंक कप २०२३ मा सोमबार दुई खेलमा जित हासिल गर्दै ११ औं भएको छ ।

एसभी मामेन्डर्फले आयोजना गरेको तीन दिने प्रतियोगिताको अन्तिम दिन काठमाडौं किकर्स विशांख कार्की र अबिन भट्टराईको गोलमा टीएसभी मुरेनवेइसलाई २–० ले हराएर समूह २ को छैटौं स्थानमा रह्यो ।

त्यसैले किकर्सले ११ औं स्थानको लागि समूह १ मा छैटौं वरीयतामा रहेको टीएसभी गेल्टेन्डोर्फविरुद्ध प्लेअफमा खेल्नुपर्यो, जसमा किकर्सले ३–१ को जित निकाल्यो । १–० ले पछाडि परेको स्थितिमा सुधार गरेर हात पारेको जितमा अबिनले दुई गोल गरे भने अंगश भुषालले एक गोल गरे ।

काठमाडौं किकर्स यू-१३ मा सहभागी १६ टिममध्ये पाँच टिमलाई पछाडि पार्दै ११ औं स्थानमा भएको हो । सुरुका तीन खेल हारेको किकर्सले प्रतियोगितामा तीन जित, एक बराबर र चार हारको नतिजा निकाल्यो । समूह चरणमा किकर्सलाई २–१ ले पराजित गरेको एफएसभी इचिङ यू-१३ च्याम्पियन बन्यो ।

किकर्स ५६ वर्षअघि सुरु भएको फिन्च्त जुनियर फुटबलमा सहभागी हुने पहिलो नेपाली टिम हो । ६ वर्षदेखि १५ वर्षसम्मका ६ वटा उमेर समूहका प्रतियोगिता आयोजना गरिएको ५४ औं संस्करणमा २० क्लबका ६४ टिम सहभागि भएका थिए ।

उनीहरूबीच २ सय ९० खेल भए । कोभिड १९ महामारीअघि फ्रान्स, इटाली, स्वीट्जरल्यान्ड, अस्ट्रियालगायत युरोपका विभिन्न देशका क्लब सहभागी हुने यस प्रतियोगितामा यसपालि एक्लो बिदेशी टिमको रुपमा नेपालको काठमाडौं किकर्सले प्रतिस्पर्धा गरेकाे हाे ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?