+
+

राप्ती नदीमा अवैध उत्खनन भएको भन्दै दाङको राजपुर गाउँपालिका कार्यालय घेराउ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १६ गते १६:४०

१६ जेठ, दाङ । राप्ती नदीमा अवैध उत्खनन भएको भन्दै राजपुर गाउँपालिकाका बासिन्दाले मंगलबार दिउँसो गाउँपालिका कार्यालय घेराउ गरेका छन् । उनीहरुले नदीजन्य पदार्थको अवैध उत्खनन बन्द गर्नुपर्ने र नदी उत्खननको विवरण सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीले मनोमानी ढंगले नदीजन्य पदार्थ उत्खनन् दिएको आरोप पनि स्थानीयले लगाएका छन् । नदीमा १८ हजार घनमिटर मात्र उत्खनन गर्न ठेक्का लगाइएकाेमा त्यो भन्दा धेरै उत्खनन गरिएको नदी अवैध उत्खनन् विरुद्ध संघर्ष समितिका अध्यक्ष चक्रबहादुर खड्काले बताए ।

‘तोकिएको मापदण्ड भन्दा बढी उत्खनन गरिएको छ’ उनले भने, ‘नदीमा के कति उत्खनन भयो,  राजस्व कति उठ्यो ?  गाउँपालिकाले सार्वजनिक गर्नुपर्‍यो ।’ उनले गाउँपालिका अध्यक्षले मनोमानी ढंगले उत्खनन गर्न दिएको आरोप लगाए । गाउँपालिका कार्यालय घेराउ गर्न नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष एवं कार्यपालिका सदस्य पनि गएका थिए ।

गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीले भने मापदण्डभित्रै नदीजन्य पदार्थको उत्खनन् भएको बताए । उनले १८ हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्न ठेक्का लगाइएकामा हालसम्म १० हजार घनमिटरमात्र उत्खनन भएको पनि बताए ।

‘मापदण्डबाहिर गएर उत्खनन गर्न दिएका छैनौं’ उनले भने, ‘त्यसका लागि प्राविधिक जाँच पनि गरिसकेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?