+
+

सांसद विकास कोष हाम्रो योजना होइन, तर बाध्यता भयो : प्रधानमन्त्री प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १६ गते १८:०२

१६ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसद विकास कोषमा बजेट छुट्याउने आफ्नो चाहना नभएको बताएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकमा उनले उक्त कार्यक्रम बजेटमा समावेश गर्नुपर्ने बाध्यता परेको स्पष्टीकरण दिएका हुन् ।

बैठकमा माओवादी सांसदहरुले बजेट सकारात्मक भए पनि सांसदले छनोट गरेको योजनामा खर्च गर्ने गरी ५ करोड विनियोजन गर्नुले नकारात्मक सन्देश गएको धारणा राखेका थिए ।

प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै एक सांसदले भने, ‘सांसद विकास कोष हाम्रो योजना होइन, तर बाध्यता भयो ।’

मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले समग्रमा सरकारको नीति तथा कार्यक्रम र बजेट सन्तुलित रहेको निष्कर्ष निकालेको छ । संसदमा बजेटको प्रतिरक्षा गर्ने निर्णय भएको एक सांसदले बताए ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणबारे समेत पार्टीका सांसदहरुलाई जानकारी गराएका छन् । भारत भ्रमणमा सकेजति राम्रो गर्ने, नसके केही नगर्ने, नकारात्मक हुने गरी केही नगर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?