+
+

एनआईबीएल एस क्यपिटल नेशनल पेमेन्ट स्वीचमा आबद्ध

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १७ गते १३:४३

काठमाडौं । एनआईबीएल एस क्यपिटलको भुक्तानी सम्बन्धी कारोबारहरु नेपाल क्लियरिङ हाउस (एनसीएचएल) नेशनल पेमेन्ट स्वीचमा आबद्ध भएको छ । उक्त सम्झौतामा एनआईबीएल एस क्यपिटलका तर्फबाट संस्थाका सहायक प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले सम्झौता हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै एनआईबीएल एस क्यापिटलका आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी विभिन्न भुक्तानी तथा लगानी प्राप्त गर्ने कारोबारहरु गर्न सक्ने साथै क्यापिटलका डिभिडेण्ड भुक्तानी लगायत तलब, भेण्डर भुक्तानी, लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच सोझै गर्न सक्नेछ ।

एनआईबीएल एस क्यापिटल लिमिटेड नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो । यसले सन् २०११ देखि मर्चेन्ट बैंकिङ, सल्लाहकार, सम्पत्ति व्यवस्थापन सेवादेखि डिपोजिटरी पार्टिसिपेन्ट सम्बन्धी लगायतका विभिन्न सेवाहरू प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?