+
+

भुटानका राजबन्दीलाई छुटाउन भारतसँग संवाद गरिदिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १७ गते १५:०१

१६ जेठ, काठमाडौं । प्रजातन्त्रको पक्षमा वकालत गर्दा पक्राउ परेका भुटानका राजबन्दीलाई थुनामुक्त गर्नका लागि भारतसँग संवाद गरिदिन भुटानी राजबन्दी रिहाइ अभियान (ग्लोबल क्याम्पियन अफ द रिलिज अफ पोालिटिकल प्रिजनर्स इन भुटान) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आग्रह गरेको छ ।

प्रधानमन्त्री प्रचण्ड भारतको औपचारिक भ्रमणका लागि प्रस्थान गर्न लागेका बेला प्रेस विज्ञप्ति जारी गर्दै अभियानले भुटानमा लामो समयदेखि बन्दी जीवन विताइरहेका व्यक्तिहरुको रिहाइका लागि पहल गरिदिन आग्रह गरिएको हो ।

नेदरल्याण्डको हेगमा बस्दै आएका अभियानका संयोजक राम कार्कीका अनुसार भुटानमा कम्तिमा ५० जना राजनीतिक अभियन्ताहरु अहिले जन्मकैदको सजाय काटिरहेका छन् । सन् १९९० र त्यसपछिका वर्षहरुमा उनीहरुलाई गलत आरोप लगाउँदै थुनामा राखिएको कार्की बताउँछन् ।

‘मानवताको नाताले पनि भारतले यसमा सहयोग गर्नुपर्छ, यसका लागि नेपालका प्रधानमन्त्री प्रचण्डज्यूले सहजिकरण गरिदिनुहोस् भन्ने हाम्रो अपेक्षा हो’, कार्कीले भने ।

कार्कीले हस्ताक्षरण गरेको विज्ञप्तिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने दुईपक्षीय वार्तामा दुई विषय समावेश गरिदिन माग गरिएको छ । पहिलो, नेपालमा बसेका ६५ सय बढी भुटानी शरणार्थीमध्ये भुटान फर्किन इच्छुकलाई त्यसका लागि पहल गरिदिन आग्रह गर्न भनिएको छ ।

दोस्रोमा, भुटानमा थुनिएका राजबन्दीहरुलाई छुटाउन सहयोग गरिदिन भारतीय प्रधानमन्त्री मोदीसँग संवाद गरिदिन भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?