+
+

बजेटपछि लगातार दोस्रो दिन पनि नेप्सेमा ठूलो गिरावट

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १७ गते १५:२२

१७ जेठ, काठमाडौं । सेयर बजारमा लगातार दोस्रो दिन ठूलो गिरावट आएको छ । १५ जेठमा सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेसँगै बजार घट्न थालेको हो । बुधबार बजारमा ३८.८३ अंकको गिरावट आएको छ । बजार २.०६ प्रतिशतले घटेको हो । मंगलबार समेत बजारमा ठूलो गिरावट आएको थियो । बजेटले सेयर लगानीकर्ताका लागि कर विवरण पेश गर्नुपर्ने नयाँ प्रावधान ल्याएसँगै लगानीकर्ता बिच्किएका छन् । यद्यपि यो प्रावधानले ९९ प्रतिशत लगानीकर्तालाई असर नगर्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।

बुधबार सबै उपसूचकहरु राताम्य भए । सबैभन्दा धेरै होटल र पर्यटन, उत्पादन तथा प्रशोधन उपसूचकका लगानीकर्ताले गुमाएका छन् । बुधबार २६२ धितोपत्रको ३६ हजार ८९३ वटा कारोबारबाट ८७ लाख ३६ हजार १२८ कित्ता सेयर किनबेच भएको छ । यसबाट २ अर्ब ३१ करोड ५१ लाख ६९ हजार ५७१ रुपैयाँको कारोबार भएको छ ।

घट्दो बजारमा समेत आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले मूल्य बढेको छ । माइखोला हाइड्रो, सिटिजन्स म्युचुअल फण्ड, पिपुल्स पावर फण्डसहितका धितोपत्रको मूल्य धेरैले बढेको छ । युनिलिभर नेपालको मूल्यमा नकारात्मक सर्किट लागेको छ । एसियन हाइड्रो, यूनिक नेपाल लघुवित्त, दोर्दी खोला जलविद्युतसहितका धितोपत्रको मूल्यमा समेत धेरै गिरावट आएको छ । प्रभु बैंकको प्रमोटर सेयर धेरै कारोबार भयो । शिवम् सिमेन्ट पनि धेरै कारोबार हुनेमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?