+
+

विजय लामा र दीया पुन स्टारर ‘अन्तिम संस्कार’को ट्रेलर रिलिज

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १७ गते १६:२८

काठमाडौं । विजय लामा र दीया पुन स्टारर फिल्म ‘अन्तिम संस्कार’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे महत्वपूर्ण खुलासा गर्छ । दुई मिनेट १७ सेकेण्ड लामो ट्रेलरले हराएको मुख्य पात्रलाई खोज्न प्रहरीले गरेको खोजीको कथा भन्छ ।

एक हत्याको घटनाको यथार्थ पत्ता लगाउन प्रहरीले एक टोली तयार गर्छ । उसलाई यो रहस्यमय घटनाको यथार्थ पत्ता लगाउने जिम्मा दिइएको हुन्छ । उक्त प्रहरी मिसनको नेतृत्व दीया पुनले गरेकी हुन्छिन् । फिल्ममा बाबुछोराको सम्बन्ध पनि दर्शाउन खोजिएको छ । बाबुको भूमिकामा लामा देखिएका छन् ।

प्रेसमिटमा निर्देशक, निर्मातासहित कलाकार उपस्थित थिए । कार्यक्रममा बोल्दै अभिनेता लामाले फिल्मको कथावस्तु नितान्त नयाँ रहेको बताए । ‘यो फिल्म नेपालीहरुको कथा हो । यसमा रहस्य पनि छ । परम्परा पनि छ । इमोशन पनि छ’ उनले भने, ‘एकदमै मेहनत गरेका छौं । दर्शकहरुले रुचाउनुहुन्छ भन्ने पूर्ण विश्वास छ ।’ निर्माता, निर्देशक र अभिनेताले समेत जोखिम मोलेर काम गरेको अनुभव उनले सुनाए ।

अभिनेत्री पुनले अघिल्ला फिल्ममा आफूले गरेको पात्रभन्दा यसमा भिन्न रहेको बताइन् निर्देशक प्रदीप शाहीले लामो समय लन्डन बस्दा सिकेको कुरालाई फिल्ममा उतार्न सक्दो कोसिस गरेको बताए ।

फिल्मको छायांकन मुस्ताङमा गरिएको छ । फिल्ममा त्रिचु राई, एवनराज उप्रेती, रेश्मा घिमिरे लगायतको पनि अभिनय छ । साई पिक्चर्सको ब्यानरमा फिल्म निर्माण भएको हो । विदेशी फिल्मको वितरण गर्दै आएको एप्पल इन्टरटेनमेन्टले यसलार्ई वितरण गर्न लागेको हो । ‘अन्तिम संस्कार’ असार ८ गते रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?