+
+

दिल्लीमा नेपालीसँग प्रचण्डले भने : विदेशमा बस्ने नेपालीको मताधिकार प्रत्याभूत गर्न प्रतिबद्ध छौं

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १७ गते २०:२७

१७ जेठ, नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा बसोबास गर्ने नेपालीलाई मतदान गर्ने अधिकार दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

चारदिने भारत भ्रमणका क्रममा बुधबार नयाँदिल्ली आएका उनले नेपाली दूतावासमा नेपाली समुदायसँगको छलफलका क्रममा विदेशमा रहेकाहरुलाई मताधिकारको प्रत्याभूत गर्ने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भारतमा रहेका नेपाली समुदायलाई स्वदेश फर्केर नेपालको विकासका लागि योगदान दिन आग्रह गरे । आफूहरुले देशको अर्थतन्त्र पुनरुत्थान गर्ने काम गरिरहेको उनले बताए । मुलुकको आर्थिक, सामाजिक रुपान्तरण, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने पनि प्रधानमन्त्री प्रचण्डले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?