+
+

‘गडफादर’ अभिनेता अल पचिनो ८३ वर्षमा बुवा बन्दै

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १८ गते १३:३६

काठमाडौं । हलिउडका दिग्गज अभिनेता अल पचिनो ८३ वर्षको उमेरमा बुवा बन्न लागेका छन् । उनीभन्दा ५४ वर्ष कान्छी उनकी प्रेमिका नूर अलफल्लाह (२९) आठ महिनाकी गर्भवती छिन् । ‘गडफादर’जस्ता चर्चित फिल्ममा काम गरेका अभिनेता पचिनो यसअघि नै तीन सन्तानका पिता भइसकेका छन् । उनका ‘गडफादर’ सहकलाकार रोबर्ट डी निरो पनि ७९ वर्षको उमेरमा पिता बनेका थिए ।

विवरणअनुसार पचिनो अप्रिल २०२२ देखि प्रेमिका नूरसँग डेट गरिरहेका छन् । त्यसपछि उनीहरु पहिलो पटक सँगै डिनर गर्दा देखिएका थिए । पचिनोकी जेठी छोरीको नाम जुली मेरी हो । उनको उमेर ३३ वर्ष छ । यसबाहेक उनका दुई जुम्ल्याहा छोरा एन्टोन र ओलिभिया पनि छन् । दुवैको उमेर २२ वर्ष छ । पचिनोकी प्रेमिका नूरले यसअघि व्यापारी निकोलस बर्ग्रेन र गायक मिक जागरलाई डेट गरेकी थिइन् ।

उनले अहिलेसम्म डेट गरेका सबै ६० वर्षभन्दा माथिका छन् । ७४ वर्षीय मिक जागरसँग डेट गर्दा उनी २२ वर्षकी थिइन् । एकै समयमा निकोलस बजर्गेन पनि ६० वर्षका थिए । ‘द गडफादर’ सिरिजको फिल्मबाट पचिनो विश्वभर चर्चित भए पनि उनले यसबाहेक धेरै ठूला फिल्ममा पनि काम गरेका छन् । उनका सेन्ट अफ ए वुमन, स्कारफेस, सर्पिको र द डेभिल्स एड्भोकेट चर्चित फिल्म हुन् ।

उनका केही पछिल्ला फिल्ममा ‘वन्स अपन अ टाइम इन हलिउड’, ‘हाउस अफ गुच्ची’, ‘द पाइरेट्स अफ सोमालिया’ र ‘द आयरिशम्यान’ छन् ।

अर्को रोचक कुरा के छ भने गत महिना मात्रै ‘द गडफादर २’ मा पचिनोका सहकलाकार रहेका रोबर्ट डी निरो पनि ७९ वर्षको उमेरमा सातौं सन्तानको पिता बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?