+
+

दोधारा-चाँदनी सुख्खा बन्दरगाह निर्माणको जिम्मा भारतलाई

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १८ गते १३:४०

१८ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा सुख्खा बन्दरगाह निर्माण गर्न नेपाल र भारतबीच सहमति भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा उक्त परियोजना निर्माणको जिम्मा भारतलाई दिइएको हो । उक्त सम्झौतामा नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले समझदारी पत्र साटासाट गरे ।

नेपालले वातावरणीय प्रभाव मूल्याङ्‍कन अध्ययन समेत सकिसकेकाे उक्त परियोजना कञ्चनपुरको दोधारा-चाँदनी क्षेत्रमा निर्माण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?