+
+

हिट फिल्मको पर्खाइमा सृष्टि र आना

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १८ गते १६:५१

काठमाडौं । पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ र आना शर्मा दुवै मेहनती अभिनेत्री हुन् भन्नेमा शंका छैन । यी दुवै ‘फेसन कन्सस’ अभिनेत्री तन्नेरी पुस्तामाझ रुचाइएका अभिनेत्री हुन् । यी दुवै अभिनेत्रीका डेब्यु फिल्म हिट भए, जसले गर्दा उनीहरुले प्रतिस्पर्धामा पछाडि फर्केर हेर्नुपरेन ।

तर यी दुईलाई पछिल्लो समय भाग्यले चुनौती दिइरहेको छ । ‘गाजलु’ डेब्यु अभिनेत्री सृष्टिका पछिल्ला फिल्महरु चिसो एस्ट्रे, माइकल अधिकारी, द सेक्रेट्स अफ राधा र प्रेमा सबै बक्स अफिसमा असफल रहे । तर आफ्नो कामबाट उनी दर्शकको नजरमा परिन् । अहिले सृष्टिको हातमा फिल्म छैन । तर उनी एक हिट फिल्मबाट कमब्याक गर्न चाहन्छिन् ।

सौगात मल्लसँग ब्रेकअप भएपछि सृष्टि साथीभाइसँग ह्याङआउटदेखि रुचिका अन्य काममा व्यस्त भएको देख्न सकिन्छ । लामो समय लण्डनमा रहेर उनी केही साताअघि नेपाल फर्किएकी छन् । उनी केही फेसनका काममा पनि व्यस्त भएको देख्न सकिन्छ । निकट स्रोतका अनुसार सृष्टि एक धमाकेदार फिल्मबाट पुनरागमन गर्ने पर्खाइमा छिन् ।

अर्कोतर्फ, आनाले अनुपविक्रम शाहीसँग फिल्म ‘माया’को छायांकन सकिन् । अनमोल केसीसँग ‘जेरी ः अन टप’को छायांकन गर्ने तयारीमा उनी छिन् । तर यो फिल्मको सुटिङ कहिले हुन्छ टुंगो छैन । आनासँग पनि तत्काल अन्य प्रोजेक्ट छैन । जेरी अन टप तत्काल सुटिङमा नजाने भएपछि आनाको व्यस्तता पनि यस्तै रुचिको काममा देखिन्छ । डेब्यु फिल्म ‘जेरी’बाट चर्चित भएपछि आनाले गरेका दुई फिल्महरु ‘ग्याङस्टर ब्लुज’ र ‘द म्यान फ्रम काठमाण्डू’ औसत रहे । यी दुईबाट उनले सोचेजस्तो सफलता प्राप्त गर्न सकिनन् ।

यसकारण दर्शकमाझ रुचाइएका यी दुई अभिनेत्री एक-एक हिट फिल्मको पर्खाइमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?