+
+

सेयर कारोबारमा बजेटले गरेको व्यवस्थाप्रति तिलक कोइरालाको समूह आन्दोलित

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १८ गते १४:४५

१८ जेठ, काठमाडौं । सेयर कारोबारमा बजेटले गरेको व्यवस्थाप्रति लगानीकर्ता तिलक कोइरालाको समूह आन्दोलित भएको छ । सेयर कारोबार बन्द गर्न दबाब दिनका लागि बिहीबार लगानीकर्ता कोइरालाको समूह सेयर ब्रोकर कार्यालय पुगेको थियो ।

पूँजीगत लाभकरलाई नै अन्तिम कर कायम गर्नुपर्ने उनीहरुको माग छ । उक्त माग पुरा नभएसम्म सेयर कारोबार बन्द गर्नुपर्ने उनीहरुको दबाब छ । पहिलो दिन आज ब्रोकरलाई सेवा बन्द गर्न जानकारी गराएको र आइतबारदेखि सबै ब्रोकर कार्यालयमा लगानीकर्ता पुगेर सेयर कारोबार रोक्ने उनले बताए ।

‘नेप्सेमा घेराउ गरेर सिस्टम बन्द गर्न दवाब दिएका छौं । डाटा सेन्टर सिंहदरबारभित्र भएकोले बन्द गर्न मिल्दैन भन्नुभयो । नभए हामीले बन्द गराउँथ्यौं,’ ब्रोकर कार्यालय बन्द गराउँदै हिंडेका उनले ब्रोकरलाई भन्छन्, ‘पूँजीगत लाभकर अल्पकालीन र दीर्घकालीन हुनुपर्छ, लगानीकर्तालाई वर्गीकरण गर्न पाइँदैन ।’

लगानीकर्ताको समूहसहित ब्रोकर कार्यालयमा पुगेका उनले आफूहरुको माग पुरा नभएसम्म ब्रोकर कार्यालयहरु बन्द गर्नुपर्ने बताए । सामाजिक सञ्जालमा आएको भिडियोमा उनको समूहले ब्रोकरलाई सेवा बन्द गराउन र टीएमएसमा कोल्याटर खाली गराउन भन्दै ब्रोकर कार्यलयमा पुगेको उनीहरुले आइतबारदेखि ब्रोकर बन्द गराउन लगानीकर्ताहरु आउने बताएका छन् ।

नेपाल ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष भरत रानाभाट बजार बन्द गराउने भन्दै ब्रोकरको सिस्ट बन्द गराउँदै हिंडेर समस्या समाधान नहुने बताउँछन् । २ वर्ष अगाडि नै बजेटपछि उक्त कर अन्तिम हो कि होइन भनेर प्रश्न उठ्दा स्पष्ट नपारी सचिवले पूँजीगत लाभकर नै अन्तिम कर हो भन्ने र अहिले ३ वर्षको कर तिर्नुपर्ने भनेर आएको भन्दै यसमा सबैलाई सरकारले स्पष्ट पारेर एउटा निष्कर्षमा भने पुग्नुपर्ने उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?