
१८ जेठ, काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का म्यानेजर क्रिस्टोफर गाल्टिएरले लियोनल मेसीले सिजनको अन्तिम खेलपछि क्लब छाड्ने पुष्टि गरेका छन् ।
लिग वानमा शनिबार क्लेमोन्टविरुद्ध हुने खेल पीएसजीको जर्सीमा मेसीको अन्तिम खेल हुने गाल्टिएरले बताएका हुन् ।
मेसी २०२१ जुलाईमा फ्रि ट्रान्सफरमा बार्सिलोनाबाट पिएसजी पुगेका थिए । ३५ वर्षीय मेसीले यस सिजनपछि क्लब छाड्ने चर्चा थियो ।
पिएसजीका म्यानेजर गाल्टिएरले विश्वकै उत्कृष्ट खेलाडीलाई प्रशिक्षण दिन पाउनु आफ्नो लागि खुशीको कुरा भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4