+
+

हिमालयन शेर्पासँग बराबरीपछि फ्रेन्ड्स रेलिगेसन दबावमा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १८ गते १८:४५

१८ जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लब र फ्रेण्डस क्लबले गोलरहित बराबरी खेलेका छन् । बिहीबार च्यासल मैदानमा भएको खेलमा दुबै टोलीले गोल गर्न सकेनन् ।

खेल बराबरीले फ्रेन्ड्सलाई रेलिगेसन संघर्ष झन् कठिन बनेको छ । २३ खेलमा ६ जित ७ बराबरी र १० हारसहित २५ अंकको साथमा फ्रेण्डस क्लब पुछारबाट दोस्रो स्थानमा छ ।

हिमालयन शेर्पा भने ३० अंकका साथमा छैटौं स्थानमा उक्लिएको छ । उसले २३ खेलमा ७ जित, ९ बराबरी र ७ हार व्यहोरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?