+
+

सोबिताको उपस्थितिमा जापानमा क्षेत्रीय भेला र अन्तरक्रिया

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १९ गते १४:०७

जापान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट प्रवास नेपाली सम्पर्क विभाग केन्द्रीय समितिले जापानको ओसाका शहरमा क्षेत्रीय भेला आयोजना गरेको छ । यही जून महिनाको ३ तारिखको दिन ओसाकाको किन्की क्षेत्रमा भेला आयोजना गरिएको हो ।

रास्वपा केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य सोबिता गौतमको आतिथ्यतामा आयोजना हुने भेलाले नेतृत्वसमेत चयन गर्ने प्रवास नेपाली सम्पर्क विभागका केन्द्रीय सदस्य प्रकाश आचार्यले जानकारी दिए ।

यसैगरी जून ६ तारिखको दिन कान्तो क्षेत्रीय समितिको आयोजनामा नेपाली राजनीतिमा युवाहरुको उपस्थिति र भूमिका विषयमा अन्तरक्रियात्मक कार्यक्रम समेत आयोजना हुने आचार्यले जानकारी दिए ।

छोटो समयमा तय कार्यक्रम तय गरिएको भन्दै आचार्यले सबै बौद्धिक व्यक्तित्व, संघसंस्था, राजनीतिक संगठनका प्रतिनिधि, पत्रकार, विद्यार्थी लगायतलाई कार्यक्रममा सहभागी भइदिन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?