+
+

लण्डनमा नयाँ नेपाली फिल्म ‘सिद्धार्थ’को घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १९ गते १६:५१

काठमाडौं । लण्डनको नेपाली डायस्पोरामा नयाँ फिल्म ‘सिद्धार्थ’ निर्माणको घोषणा भएको छ । ‘कैदीको पत्र’ फेम्ड निर्देशक सनमकुमार बैरागले २० प्रतिशत छायांकन बेलायत र बाँकी नेपालमा हुनेगरी फिल्म निर्माण हुने जानकारी गराए ।

भिजन संसार र श्रीत फिल्म एण्ड इन्टरटेनमेन्टको ब्यानरमा बन्ने यो फिल्मको घोषणाको लागि नेपालबाट निर्माताद्वय श्रीदेव बीएल र शारदा खड्का अर्याल बेलायत पुगेका थिए । यो फिल्ममा नेपालबाट श्रीदेव र शारदाको साथमा दिनेश केसी, बेलायतबाट दिल घले र नवीन थापा निर्माता हुनेछन् ।

सन् २०२४ को सुरुवातमा छायांकन सुरु हुने फिल्ममा विजय लामा, पृथ्वीराज केसी, बिभिया श्रेष्ठको शीर्ष भूमिका हुने जनाइएको छ । बाँकी कलाकार तय हुने जनाइएको छ ।

घोषणा कार्यक्रममा यती नेपाली एसोसिएसनका पूर्वअध्यक्ष उमेशराज मोक्तान, निर्माता तथा निर्देशक कपिल रिजाल, निर्माता निकेश लिम्बू, पूर्वकाउन्सिलर भगवानदास चौहान, प्राध्यापक रुपक श्रेष्ठलगायतको उपस्थिति थियो । साथै, गायक सपनकुमार राई, ज्ञानेन्द्र रावत, अनिल लामिछाने, नृत्यकार सुरेश श्रेष्ठ, गाोपाल बस्नेत, मिसेज युके नेपालका टाइटल होल्डरहरुको समेत उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?