२० जेठ, काठमाडौं । आज बिहानै काठमाडौंमा सामूहिक रुपमा साइकल यात्रा गरिएको छ ।
नेपालमा साइकलसम्बन्धी कानुन निर्माण गर्न र साइकल चलाउन व्यवस्थित वातावरण बनाउनका लागि दबाब दिन साइकल दौड तथा भेला गरिएको हो ।
विभिन्न १२ संघ संस्थाको आयोजनामा भएको दौडमा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना सुरुदेखि अन्त्यसम्मै सहभागी भएकी थिइन् ।
त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट सुरु भएको साइकल यात्रा बल्खु हुँदै एकान्तकुना जावलाखेल-पुल्चोक-थापाथली हुँदै तीनकुने-शहीदगेट, सुन्धाराबाट दरबारमार्गमा टुंगिएको थियो ।
यात्रापछि दरबारमार्गमा भएको भेलामा साइकलका सामानहरु वितरणसमेत गरिएको थियो ।
यो अभियानले साइकल सञ्चालन व्यवस्थापनमा सरकारको ध्यानाकर्षण हुने आयोजकमध्येका एक तारालाल श्रेष्ठले जानकारी दिए ।


१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4