+
+

पढाइबाट दिक्क भएका विद्यार्थीले झण्डै स्कुल नै बेचिदिए …

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २० गते १७:३२

स्कुल पढ्ने उमेरका विद्यार्थीहरुमा चञ्चलता, रिस तथा हतारमा निर्णय गरिहाल्ने जस्ता आनीबानी देखिनु स्वभाविकै हो । तर कतिपय विद्यार्थीहरु भने यो उमेरमा अलिक बढि नै गलत काम गर्न थाल्छन् र बदमासीको हद नै पार गर्दछन् । अमेरिकामा हालै एकजना छात्रले आफ्नो स्कुललाई नै बिक्रीमा राखिदिए ।

यो घटना अमेरिकाको मेरिल्याण्डमा भएको हो । फोर्ट माइडे मे माइडे हाइस्कुलमा पढ्ने ती विद्यार्थीले एउटा रियलस्टेट वेबसाइटमा आफ्नो स्कुललाई नै बिक्रीमा राखिदिएका हुन् । उक्त बिक्रीको विज्ञापनमा उनले स्कुलका बारेमा सबै विवरणहरु उल्लेख गरेका छन् ।

स्कुलको पढाइबाट दिक्क भएका ती प्रांकस्टार छात्रले निकै रोचक विज्ञापन तयार गरेर घरजग्गा खरीद बिक्री गर्ने वेबसाइटमा हालिदिए ।

उक्त विज्ञापनमा उनले आफ्नो स्कुलका विशेषताहरु प्रकाश पारेका छन् । स्कुलको तस्वीरसँगै उनले लेखेका छन् ः यहाँ फोहोरको एयर फ्रेसनर छ र पानीको समस्या छ । स्कुलमा यतिधेरै किरा तथा माकुराहरु छन् कि तपाईंलाई समस्या पर्नसक्छ ।

साथै उनले स्कुललाई आधा काम गर्ने राम्रो जेलको संज्ञा दिएका छन् । उनका अनुसार स्कुलमा खतरनाक अधूरा निर्माणहरु पनि असरल्ल छन् जसले ज्यान पनि लिन सक्छन् ।
उनले स्कुलको मूल्य ४२ हजार ६९ डलर तोकेका छन् ।

स्कुलले चाल्यो झनै अनौठो कदम

आफ्नो विद्यालयका एकजना विद्यार्थीले नै स्कुलको बेइज्जती गर्दै बिक्रीमा हालिदिएपछि स्कुलले सायद कडा भन्दा कडा सजाय गर्छ होला भन्ने हामीलाई लाग्नु स्वभाविकै हो । तर अचम्मको कुरा के भने स्कुलले ती विद्यार्थीलाई कारवाही गर्नुको साटो उनको रमाइलो कल्पनाको तारिफ गरेको छ ।

विद्यालयका प्रवक्ता बब मोजिएरले विज्ञापन निकै सिर्जनात्मक रहेको भन्दै सिर्जना यतिधेरै राम्रो हुँदाहुँदै पनि मूल्य भने कम राखिएकोमा गुनासो गरे । यस्ता मजाकलाई विद्यालयले निकै हल्का तथा सकारात्मक रुपमा लिने गरेको उनले बताएका छन् । यद्यपि यो विज्ञापन अहिले हटाइएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?