+
+

अमेरिकाको स्कुलमा छात्राले गोली चलाउँदा २ जनाको मृत्यु

म्याडिसन प्रहरीले आफ्नो फेसबुक पेजमा दिएको जानकारी अनुसार सोमबार बिहान १५ वर्षीया छात्राले गोली चलाएकी थिइन् । पछि उनी आफैं मृत भेटिएकी थिइन् । प्रत्यक्षदर्शीका अनुसार गोली चलाइसकेपछि उनी आफूले आफैंलाई गोली हानेकी थिइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २ गते १४:५६

२ पुस, काठमाडौं । अमेरिकाको म्याडिसनस्थित एक क्रिश्चियन विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक शिक्षिका, एक छात्र र गोली चलाउने छात्रा छन् ।

म्याडिसन प्रहरीले आफ्नो फेसबुक पेजमा दिएको जानकारी अनुसार सोमबार बिहान १५ वर्षीया छात्राले गोली चलाएकी थिइन् । पछि उनी आफैं मृत भेटिएकी थिइन् । प्रत्यक्षदर्शीका अनुसार गोली चलाइसकेपछि उनी आफूले आफैंलाई गोली हानेकी थिइन् ।

घटनामा दुई जना गम्भीर र दुई जना सामान्य घाइते छन् । उनीहरुको उपचार जारी छ ।

अमेरिकामा गोली प्रहारका घटनाबाट हुने मृत्यु गम्भीर चिन्ताको विषय बन्दै गरेको छ ।

के–१२ स्कुल सुटिङ डेटाबेसका अनुसार यसै वर्ष अमेरिकामा ३२२ स्कुलमा गोली चलेका घटना भएका छन् ।

यो सन् १९६६ देखि दोस्रो धेरै संख्या हो । गत वर्ष ३४९ स्कुलमा गोली चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?