+
+

गण्डकीले प्रदेशका ओलिम्पियनलाई मासिक ५ हजार रुपैयाँ दिने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २० गते २०:४९

२० जेठ, पोखरा । गण्डकी प्रदेशले अहिलेसम्म प्रदेशबाट ओलम्पिकमा सहभागी भएका खेलाडीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने भएको छ ।

दोस्रो ओलिम्पियन पुनर्मिलन कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशको प्रतिनिधित्व गरी विश्वको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता ओलम्पिक खेलेका खेलाडीलाई सम्मान गर्न पाउनु गौरवको कुरा भएको बताए ।

एथलेटिक्सका टीका बोगटी (गोरखा), जुडोका ऋषिराम प्रधान (गोरखा), तेक्वान्दोका नारायण गुरुङ (कास्की),  एथलेटिक्सका ज्ञान बहादुर बोहोरा (गोरखा), सुटिङकी भगवती खत्री (बाग्लुङ) र एथलेटिक्सका राजेन्द्र भण्डारी (तनहुँ) गरी गण्डकी प्रदेशमा ७ जना ओलिम्पियन छन् ।

सन् १९६४ देखि २०२० सम्म ओलम्पिकमा देशको प्रतनिधित्व गरेका खेलाडीहरू शनिबार पोखरामा भेला भएका थिए । नेपाल ओलिम्पियन संघले यो कार्यक्रम गरेको हो ।

पुनर्मिलन कार्यक्रममा सन् १९४७ को ओलम्पिक खेलको एथलेटिक्सका पुष्पराज ओझा, अर्जुन पण्डित, अमिरी यादव, बक्सिङका प्रवीण तुलाधर, मानबहादुर श्रेष्ठ, जगदीश प्रधान र सुरेन्द्र हमाललाई विशेष सम्मान गरिएको थियो । बक्सिङका ओलिम्पियन दलबहादुर रानालाई मरणोपरान्त सम्मान गरिएको थियो ।

नेपालमा अहिलेसम्म ९० जना ओलिम्पियन छन् । तीमध्ये ९ जनाको निधन भएको छ । हाल देशबाहिर रहेकाबाहेक कार्यक्रममा करिब ५० जना ओलिम्पियनको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?