+
+

रष्ट्रिय रग्बीमा सेमिफाइनल समीकरण पूरा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २० गते २०:५८

२० जेठ, काठमाडौं । बागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको पहिलो दिन शनिबार सेमिफाइनल समीकरण पूरा भएको छ ।

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भएको प्रतियोगितामा पुरुष र महिला दुवैमा सेमिफाइनल समीकरण तयार भएको हो ।

भक्तपुरको सानो थिमी मैदानमा भएको प्रतियोगिताको पुरुषमा नेपाल आर्मीले एपीएफ क्लब तथा कर्णाली प्रदेशले कोशी प्रदेश विरुद्ध सेमिफाइनलमा खेल्ने छन् ।

महिलामा एपीएफ र आर्मी तथा कर्णाली र बागमतीबीच सेमिफाइनल हुनेछ ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले एक कार्यक्रमबीच उद्घाटन गरे । दुईदिने प्रतियोगितामा पुरुष/महिलातर्फ समान ७–७ टिम सहभागी छन् ।

यसै प्रतियोगिताबाट कतारमा हुने एसिया रग्बी सेभेन्स तथा चीनमा हुने एसियाली खेलकुदका लागि खेलाडीको प्रारम्भिक छनोट गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?