२० जेठ, काठमाडौं । नवाैं इन्डाे नेपाल कराते प्रतियाेगितामा नेपाल टिम च्याम्पियन भएकाे छ ।
पुरुष खुला ताैलसमूहमा स्वर्ण विजेता मित्रपार्क डाेजाेका श्रीयांश शाही र महिला ३५ केजीमुनि ताैलसमूहकी स्वर्ण विजेता कालिका शरण स्कुलकी लक्ष्मी वाइबा प्रतियाेगिताकाे सर्वाेत्कृष्ट खेलाडी बने ।
पुरुष र महिला एकल काता तथा कुमुतेतर्फ महिला/पुरुष १०/१० ताैलसमूह गरी २२ स्वर्णका लागि भएकाे प्रतियाेगितामा अधिकांश सफलता नेपाली खेलाडीले पाए । नेपालले २१ स्वर्ण जित्दा भारतका खेलाडीले एक स्वर्ण जिते ।
प्रतियाेगिताकाे पहिला दिन ६ स्वर्णकाे छिनाेफानाे भएको थियो । अन्तिम दिन शनिबार बाँकी स्पर्धा सम्पन्न भए ।
महिला २० केजीमा नेपालकी आरती गुप्ता, २५ केजीमा सजिना तामाङ, ३० केजीमा सलिना लामा, ३५ केजीमा लक्ष्मी वाइबा, ४० केजीमा प्रेशा राई, ४५ केजीमा अनुरती कार्की र ५० केजीमा अपेक्षा मगरले स्वर्ण जिते ।
त्यस्तै ५५ केजीमा कृपा बिनानीले स्वर्ण जितिन् । ६० केजीमा दिनका राई र खुल्ला तौलसमूहमा लीन राईले स्वर्ण जितिन् । कातातर्फ अपेक्षा मगरले स्वर्ण जितिन् ।
पुरुषतर्फ २० केजीमा अरुण तामाङ, २५ केजीमा ड्यानियल तामाङ, ३० केजीमा आराेग्य पाैडेल, ३५ केजीमा देवेन्द्र मगर, ४० केजीमा श्रीयांश शाहीले स्वर्ण जिते ।
त्यस्तै ४५ केजीमा नीमा तामाङ, ५० केजीमा पुजन राई, ५५ केजीमा प्रज्वलसिंह कार्की, ६० केजीमा दावा शेर्पा र खुल्ला ताैलसमूहमा सुरेश तामाङले स्वर्ण जिते ।
काठमाडौंकाे हात्तीगाैंडास्थित नेसनल युनाइटेड स्कुलकाे आयाेजना तथा नेपाल गाेजु-काइ कराते डो संघको प्राविधिक सहयाेगमा सम्पन्न भएको प्रतियाेगितामा भारत, काेलकाताकाे डाेजाे तथा विद्यालयका २० सहित २५० जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
आयाेजक नेसनल युनाइटेड स्कुलकी प्रिन्सिपल शायरा हमाल, बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष एवम् नगर प्रवक्ता नबराज भट्टराई, अन्तराष्ट्रिय कराते रेफ्री राम लामा, नेपाल गोजु(काई कराते महासंघका उपाध्यक्ष एवम् नेसनल युनाइटेड स्कुलका संस्थापक जेबी हमाल, कलकत्ता कराते क्लब गोजु(काई कराते डो वेष्ट बंगालका प्रमुख प्रशिक्षक श्री ललित कुमार साव, नेपाल गोजु(काई कराते महासंघका सदस्य शुशील राज उप्रेती, प्याब्सन टोखा नगर समितिका कोषाध्यक्ष महेश पाण्डे लगायतले पुरस्कार वितरण गरे ।
प्रतिक्रिया 4