+
+

नेपाल आएकी भाग्यश्री भन्छिन्- सुन्दर देशमा आउँदा खुसी छु

रासस रासस
२०८० जेठ २० गते २१:११

काठमाडौं । राजधानीमा आयोजना हुने एक समारोहमा सहभागी हुन् भारतीय अभिनेत्री भाग्यश्री शनिबार नेपाल आइपुगेकी छन् । त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपाल आउँदा खुसी लागेको प्रतिक्रिया दिइन् ।

‘म नेपाल पहिले पनि आएकी थिएँ, मैले कुनै चाडपर्वको समयमा सपरिवार यहाँ आउने सोच बनाएकी छु,’ उनले भनिन्, ‘मेरा चलचित्र आइरहेका छन्, हेर्नुस् र माया गरिदिनुस् ।’

उक्त समारोहमा सहभागी हुन भारतीय कलाकार रञ्जीन, बिन्दु दाह्रा सिंह, कमेडियन ध्वनि पवारलगायत नेपाल आइपुगेका छन् । भारतको प्रतिष्ठित अवार्ड ‘क्याप्टिभेटिङ क्रियसन अवार्ड’मा सहभागी हुन उनीहरु नेपाल आएका हुन् । यो अवार्डको छैटौं संस्करण हो । यसअघि भारतमा आयोजना भएको अवार्ड समारोह यसपटक भने नेपालमा आयोजना हुँदैछ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?