+
+

माल्भिका सुब्बा र अनुपविक्रम शाही मिस मगर इन्टरनेसनलका जज घोषित

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २० गते २२:००

काठमाडौं । पूर्वमिस नेपाल माल्भिका सुब्बा र अभिनेता अनुपविक्रम शाही मिस मगर इन्टरनेसलनको जज घोषित भएका छन् । आयोजकले ग्राण्ड फिनालेको मिति घोषणा गर्दै ६ जना निर्णायकबारे जानकारी गराएको हो । फिनाले जेठ २७ गते हुने भएको छ ।

प्रज्ञा भवनमा आयोजना हुने समारोहमा उपाधिका लागि १२ जना सुन्दरीले प्रतिस्पर्धा गर्ने भएका छन् । माल्भिका र अनुपसहित फिल्म निर्देशक संजोग लाफा मगर, संचारकर्मी रुद्र श्रीश मगर, मोडल तथा डान्सर रीना थापा मगर र स्वास्थ्यकर्मी हिमाल राना जज बन्ने भएका छन् ।

होटल सम्पदामा आयोजित पेजेन्टको ट्यालेन्ट राउण्डमा प्रतियोगीले विभिन्न प्रतिभा प्रस्तुत गरे । उनीहरुले नृत्य, अभिनय, गायन, कविता तथा गजल बाचन लगायतका प्रतिभा देखाएका थिए । कार्यक्रममा प्रमुख अतिथि मगर संघकी केन्द्रिय उपमहासचिव चन्द्रज्योती आलेले प्रतियोगीलाई शुभकामना दिइन् ।

युवतीको व्यक्तित्व विकासमा पेजेन्टले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ । उनले यस्ता किसिमका प्रतियोगिता नियमित हुनुपर्नेमा जोड दिइन् । मगर महिला संघकी केन्द्रीय अध्यक्ष हिरु राना मगरले पनि मिस मगर इन्टरनेशनलको पहिलो सिजनमा सहभागी हुन आउने प्रतियोगीलाई शुभकामना दिइन् ।

मिस मंगोल २०१२ की बिजेता सपना रोकाले होस्ट गरेको कार्यक्रममा सुनगाभा नेपालका महासचिव तथा अभिनेता रमेशबाबु थापाले पनि धारणा राखे । समुदायको व्यक्तित्व विकासमा यस्तो पेजेन्टले भूमिका खेल्ने उनको भनाई छ । निर्णय समितिका संयोजक तथा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान उपत्यका समितिको अध्यक्ष गायक तथा भिडियो निर्देशक अर्जुन थापा मगरले उत्कृष्ट १२ बिच फाइनल हुने जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?