+
+

टाउकाको मूल्य डेढ करोड तोकिएका भाकपा माओवादी नेताको निधन

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २१ गते १०:५८

२१ जेठ, काठमाडौं । भारत सरकारबाट डेढ करोड मूल्य तोकिएको भारतीय कम्युनिस्ट पार्टी माओवादीका एक नेताको निधन भएको छ । माओवादी पोलिटव्युरो सदस्य कट्टम सुदर्शनको हृदयाघातका कारण निधन भएको हो ।

माओवादी केन्द्रीय कमिटीका प्रवक्ता अभयले प्रेस नोट जारी गर्दै सुदर्शनको हृदयाघातका कारण निधन भएको जानकारी दिएका हुन् ।

भारत सरकारले उनको टाउकोको मूल्य १ करोड ५५ लाख भारु तोकेको थियो । पार्टीमा दोस्रो बरियतामा रहेका उनलाई भारतीय कम्युनिस्ट पार्टी माओवादीभित्र आनन्द, भास्कर, मोहन, वीरेन्द्र, रमेश, महेश र एएन नामबाट पनि चिनिन्थ्यो ।

तलंगनाको आदिवाबाद घर भएका उनी ६६ वर्षका थिए । उनी भारतका विभिन्न ठाउँमा भएका माओवादी आक्रमणमा संलग्न भएको आरोप छ ।

प्रहरीका अनुसार १९७४ देखि माओवादी आन्दोलनमा सक्रिय कट्टम सुदर्शनमाथि छत्तिसगढमा भाजपा विधायक भिमा मंडावीको हत्यामा संलग्न भएको आरोपसमेत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?