+
+

नवाजुद्दीनको सुझाव : स्टार बन्नका लागि पैसा चाहिन्छ, एक्टर बन्ने भए अभ्यास गर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २१ गते १२:१०

काठमाडौं । बलिउडका प्रतिभाशाली अभिनेता आफ्ना फिल्म मात्र होइन, ओटीटी सिरिजका कारण पनि चर्चित छन् । बिना कोही गडफाइदर बलिउडमा आफ्नो जबर्जस्त स्थान बनाएका नवाजुद्दीनको जीवन्त अभिनयको सधैं प्रशंसा हुने गर्छ ।

उनी कलाकारितामा प्रवेश गर्न चाहनेका लागि प्रेरणाको स्रोत समेत बनेका छन् । हालै एक भारतीय सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा उनले ‘स्टार’ र ‘एक्टर’को भिन्नताबारे कुरा गरेका छन् ।

उनले एक्टर बन्न चाहने र स्टार बन्न चाहने दुवै खालका नवकलाकारका लागि केही टिप्ससमेत दिएका छन् । उनी भन्छन्, ‘एक्टिङका लागि यही भन्छु कि, आफ्ना लागि केही समय दिनुस् । राम्रा फिल्म हेर्ने गरे एक्टर अवश्य बनिन्छ । यदि स्टार बन्न चाहनुहुन्छ भने तपाईंसँग पैसा हुन जरुरी हुन्छ । तपाईंसँग ५०-६० करोड भयो भने स्टार बन्न चाहनुहुन्छ । यदि एक्टर बन्ने हो भने चाहिं अभ्यासकै जरुरी हुन्छ । एक्टर फिल्म हेर्नका लागि फेस्टिभलमा जान सक्नुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?