+
+

आइफोनमा मोबाइल डाटाको खपत कसरी घटाउने ?

एजेन्सी एजेन्सी
२०८० जेठ २२ गते १३:२०

अहिले इन्टरनेट सेवा प्रदायकहरुले विभिन्न मूल्यका मोबाइल डाटा प्याकहरु ल्याइरहेका हुन्छन् ।

कतिपय डाटा प्याकहरू अनलिमिटेड हुन्छन् भने कतिपयमा निश्चित डाटा खपतको सीमा हुन्छ । यस्तो अवस्थामा अनावश्यक रुपमा धेरै डाटा खपत नहोस् भनेर हामीले विचार पुर्‍याउनुपर्ने हुन्छ ।

मोबाइल डाटाको अनावश्यक खपत घटाउनका लागि आइफोनमा एउटा फिचर उपलब्ध हुन्छ, जसको नाम हो Low Data mode । यसले प्रयोगकर्तालाई आइफोनमा डाटा खपत घटाउने अनुमति प्रदान गर्दछ । एपका क्रियाकलाप अप्टिमाइज गरेर तथा ब्याकग्राउण्ड डाटा खपतमा बन्देज लगाएर यसो गर्न सकिन्छ ।

आइफोनमा Low Data मोड सक्रिय बनाउनका लागि तपाईंको आइफोन आईओएस १३ वा त्यसभन्दा नयाँ अपरेटिंग सिस्टममा चलेको हुनुपर्दछ । किनकी यो फिचर केवल आईओएस १३ वा त्यसपछिका अपरेटिंग सिस्टममा मात्र उपलब्ध छ ।

त्यसैले यदि तपाईंको आइफोनमा पूरानो आईओएस छ भने अपडेट गर्नुहोस् । त्यसका लागि Settings मा गएर General अप्सनमा जानुहोस् र Software Update  मा ट्याप गर्नुहोस् ।

त्यसपछि Low Data Mode   इनेबल गर्नका लागि :

  • आइफोनको Settings एप खोल्नुहोस्
  • स्क्रोल डाउन गरी Cellular वा Mobile Data अप्सनमा थिच्नुहोस्
  • Cellular Data  खण्डमा तपाईंले Cellular Data Options देख्नुहुनेछ, त्यसलाई ट्याप गर्नुहोस्
  • त्यसपछि अर्को स्क्रिनमा Low Data Mode टोगल देखिनेछ । त्यसको स्वीचमा ट्याप हरियो बनाएसँगै कम डाटा खपत हुने Low Data Mode तपाईंको आइफोनमा सक्रिय हुनेछ ।

तर तपाईंले आफ्नो आइफोनमा कम डाटा खपत हुने मोड सक्रिय पारिरहँदा केही कुरामा भने अवश्य विचार गर्नुपर्ने हुन्छ । जस्तै :

  • Low Data Mode  ले आइफोनमा रहेको एपहरुका कार्यका साथै सिस्टम सर्भिसमा पनि प्रभाव पार्दछ । यसले background app refresh, automatic downloads का साथै कतिपय भिजुअल इफेक्टहरुलाई पनि बन्द गरिदिन सक्दछ ।
  • लो डाटा मोडले डाटाको खपत कम गर्न सहयोग गर्ने भएपनि यसले कतिपय एपहरुको कार्य तथा क्षमतामा असर गर्दछ । यो मोड सक्रिय बनाउँदा high-quality media streaming जस्ता विभिन्न फिचरको पूर्ण उपयोग गर्न सकिँदैन ।
  • त्यस्तै कतिपय एपहरुले Low Data Mode लाई नै अस्विकार गर्न सक्दछन् । यसका लागि डेभलपर्सले यो फिचरलाई आफ्नो एपमा कसरी लागू गरेका छन् भन्ने कुरामा भर पर्दछ ।
  • Low Data Mode को सेटिंग्स विशेष गरी सेलुलर डाटाका लागि मात्रै सान्दर्भिक हुन्छ र वाइफाइ डाटामा यसको कुनै सम्बन्ध नै रहँदैन ।
  • तपाईंले आफैंले यसलाई डिसेबल नगरेसम्म लो डाटा मोड सक्रिय भैरहेको हुन्छ । यदि तपाईं पुनः सामान्य डाटा खपतको अवस्थामा फर्किन चाहनुहुन्छ भने आइफोनमा माथि उल्लेखित Cellular Data Options स्क्रिनमा गएर Low Data Mode को टोगललाई निस्क्रिय बनाउनु पर्दछ ।
लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?