
२२ जेठ, काठमाडौं । सरकारले वातावरण संरक्षणका लागि भन्दै प्रतिबन्ध घोषणा गरेको १० महिनामा प्लाष्टिकका फूल मालाको आयात निर्वाद रूपमा भइरहेको पाइएको छ ।
सरकारले १६ साउन २०७९ मा नेपालभर प्लाष्टिकको फूल गुच्छाको उत्पादन, आयात र बिक्री वितरणमा रोक लगाएको थियो । तर, त्यस यताको वैशाखसम्म नेपाल भित्र २ करोड ९ लाख २८ हजार रुपैयाँ बराबरको ७१ हजार ६२ किलो यस्ता कृत्रिम फूलमाला भित्रिएको भन्सार विभागले जनाएको छ ।
प्रतिबन्ध अघि नेपालमा ९२ लाख १८ हजार रुपैयाँ बराबरको २८ हजार ६८५ किलो यस्ता माला नेपाल भित्रिएका थिए । तर, सरकारले प्रतिबन्ध घोषणा गरेयता मात्रै १ करोड १७ लाख १० हजार मूल्य बराबरका ४२ हजार ३७७ किलो यस्ता फूल माला नेपाल भित्रिएको छ ।
के भन्छ वातावरण विभाग ?
अवैध फूल माला आयातबारे वातावरण विभागले भने अनविज्ञता प्रकट गर्यो । अवैध प्लाष्टिकका फूलमाला आयातबारे आफूहरुसँग विवरण नभएको विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले बताए ।
भन्सारको तथ्याङ्कमा देखिएका यस्ता फूल मालाको विवरणबारे आफूहरुलाई थाहा नभएको र यस्ता फूल माला नआएको दाबी भन्सारले गरेको पौडेलको भनाइ छ ।
‘हामीलाई यस्ता वस्तु आएको जानकारी छैन, भन्सारलाई सोध्दा पनि आयात नभएको भन्छ,’ प्रवक्ता पौडेलले भने,‘भन्सारलाई सोधेर मात्रै तपाईंहरुलाई थप भन्न सक्छौं । ’
सरकारले वातावरण संरक्षणकाकै लागि यस्ता वस्तुको आयात, बिक्री वितरण र ओसारपोसार रोक्ने नीति लिएको विभागको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4