+
+

मैदा उद्योग संघको अध्यक्षमा पुनः दुगड

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २२ गते १४:५८

२२ जेठ, काठमाडौं । नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुदकुमार दुगड पुनः निर्वाचित भएका छन् । संघको आइतबार सम्पन्न साधारण सभाले दुगडको नेतृत्वमा १७ सदस्सीय कार्यसमिति चयन गरेको हो ।

संघको नयाँ कार्यसमितिमा दिनेशकुमार अग्रवाल प्रथम उपाध्यक्ष, अरुण गोयन द्वितीय उपाध्यक्ष र विकास बेगवानी तृतीय उपाध्यक्ष चयन भएका छन् । संघको महासचिवमा राधेश्याम अग्रवाल निर्वाचित हुँदा तीन सदस्यीय सचिव पदमा आनन्द ओझा, धिरज गोल्छा र सञ्जय अग्रवाल चयन भएका छन् ।

विनोदकुमार अग्रवाल संघको कोषध्यक्ष चुनिए भने सुमन भुसाल, विनयकुमार गोयन, दिपक भट्टराई, हरिवंश राठी, ज्योती रुङ्‍गटा, मनोज अग्रवाल र दिपक शर्मा ढकाल कार्यसमिति सदस्य चुनिए । संघको अध्यक्षमा दुगड दोहोरिएका कारण माधवलाल श्रेष्ठ संघको निवर्तमान अध्यक्षमा दोहोरिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?