+
+

अमेरिकाका बुढो राष्ट्रपति जो बाइडेनका जटिल वास्तविकता

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २२ गते २०:३६

२२ जेठ, काठमाडौं । अमेरिकाकी राष्ट्रपति जो बाइडेनले ८६ वर्षको उमेरसम्म आफूलाई ह्वाइहाउसै राख्न जनतालाइ आग्रह गरिरहेका छन् । उनको यो आग्रहले धेरै अमेरिकी मतदातालाई अप्ठ्यारोमा पारेको सर्वेक्षणले देखाएका छन् ।

राष्ट्रपति बाइडेनको व्यक्तित्व कस्तो छ त ? पहिले चर्चा गरौँ पोल्याण्डको प्रसंगबाट ।

गत वर्ष राष्ट्रपति बाइडेन  एशियाको भ्रमणमा थिए । राति ३ बजे उनलाई पोल्याण्डमा क्षेप्यास्त्र खसेको खबर सुनाइयो । रूसले युक्रेनबाट दायरा फैलाउँदै नेटो आवद्ध अन्य मुलुकमा पुर्‍याएको हुनसक्ने रिपोर्टिङ उनलाइ गरियो । बाइडेनले तत्कालै पोल्याण्डका राष्ट्रपतिलाई फोन गरे । नेटोका महासचिवसहित अन्य नेताहरूलाई फोन गरेर उनले संकटको सामना गर्न भने ।

दोस्रो कुरा, त्यसको केही सातापछि राष्ट्रपति बाइडेनले बालबालिकासँग कार्यक्रम राखेका थिए ।  त्यहाँ उनले आफ्ना नाति नातिना कति छन् भन्नेनै बिर्सिए । त्यहाँ उनलाई पछिल्लो पटक भ्रमणमा गएको मुलुकबारे प्रश्न गर्दा पनि उनले सम्झिनै सकेनन् ।

आठ दशकका राष्ट्रपतिसँग २ व्यक्तित्व छन्  । जटिल अवस्थामा बाइडेन तेज र बुद्धिमानी पनि छन् । बुढ्यौलीका असर पनि उनमा उत्तिकै छ । उनी कान कम सुन्छन् र उनमा विस्मृतिको समस्या पनि छ ।

बुढो राष्ट्रतपतिको जटिल वास्तविकता गत बिहीबार पनि प्रकट भयो । संसदले पारित गर्नुपर्ने प्रस्ताव सभामुख केभिन क्यार्थीले रोकेका थिए । राष्ट्रिय संकट टार्नका लागि द्वपक्षीय सम्झौता गर्नुपर्ने थियो । उनको सम्झौता शैलीको रिपब्लिकनका तर्फबाट सभामुख भएका केभिनले समेत प्रशंसा गरेका छन् । ‘संवादमा बाइडेन निकै व्यवसायिक, स्मार्ट र जटिल देखिए’, केभिनले भने ।

सदनमा मतदानअघि बाइडेन वायुसेवा एकेडेमीमा राखिएको बालुवाको बोरामा अल्झिएर लडे  । बाइडेन लड्दा समर्थकहरू निराश भए भने आलोचकहरूले उनको आलोचना जारी नै राखे ।

जो कोही व्यक्ति जुनसुकै बेला पनि यात्रामा निस्किन सक्छ । तर ८० वर्षीय राष्ट्रपति बाइडेनको हकमा भने अनेकौँ प्रश्न खडा गरिन्छ । उनको स्थानमा अरू भएको भए सायदै प्रश्न उठ्ने थियो । बाइडेन विश्वकै शक्तिशाली राष्ट्रका प्रमुख कार्यकारी हुन् । त्यो शक्तिमा उनी अझै बस्न चाहेका छन् । धेरै अमेरिकीमा नेताहरूप्रति वितृष्णा उत्पन्न भएको समयमा बुढो राष्ट्रपति ह्वाइटहाउसमा दोहोरिने कुराले झन् वितृष्णा फैलिएको विभिन्न सर्वेक्षणहरूले देखाएका छन् ।

गत वर्ष ह्वाइट हाउस करेस्पोनडेन्टसँग डिनर कार्यक्रम थियो । टक्सिडोमा उपस्थित उनले सदस्यसँग भने, ‘तपाईंहरू मलाइ बूढो भन्नुहुन्छ ? म त आफूलाई चेतनशील भन्छु ।’

रिपब्लिकनले जतिसुकै उडाउन् जसले जेसुकै भनुन् बाइडेन शानका साथ शासन गरिरहेका छन् । ह्वाइटहाउसबाट उनीभन्दा कम उमेरमा विदा भएका राष्ट्रपतिभन्दा उनी बुढो रहेको कुरा उनका सेतो कपालझैँ स्पस्ट छ । उनको आवाज कहिलकाहीँ यति मधुर हुन्छ कि बाइडेन वास्तविक उमेरभन्दा पनि बूढो सुनिन्छन् ।

उनीसँग नियमित संवाद गर्नेहरू भन्छन्, ‘केही खराबीकाबीच पनि उनी जटिल विषयमा संवादका लागि उपस्थित हुँदा निकै स्फूर्तिका साथ उपस्थित हुन्छन् ।’ उनीसँग युक्रेन, जापान, इजिप्ट, कम्बोडिया र इन्डोनेसिया पुगेका कुटनीतिज्ञहरूका अनुसार त्यहाँ संवाद गर्न पुग्दा उनले जोशिलो संवाद गरेको स्मरण गर्छन् ।

सुम्पिएको काम उनले जसरी पनि सम्पन्न गर्ने डेमोक्र्याट सांसदहरू बताउँछन् । बाइडेनका सल्लाहकारहरूका अनुसार उनको निर्णय क्षमता निकै राम्रो छ । बाइडेनको भनाइ छ, ‘उमेर जस्तोसुकै भएपनि मष्तिष्क तन्दुरुस्त हुनुपर्छ ।’

न्यूयोर्क टाइम्सले हालसालै गरेको एक वृहत संवादमा  सन् २०२० मा उनलाई समर्थन गरेका एक मतदाताले भने, ‘बाइडेनको सम्बोधन नियाल्दा यस्तो लाग्छ कि उनी विचारशून्य छन् ।’

बाइडेनको उमेरबारे डेमोक्र्याटमा पनि उत्तिकै बेचैनी छ । डेमेक्र्याट समर्थक एक जनाले भने,’बाइडेनको घोषणाले हामीलाई निकै निराश बनाएको छ । पार्टीका सहयोगीहरूलाई पनि उनको घोषणाले गर्दा सहयोग नगर्न उत्प्रेरित भइरहेछन् ।’

गत वर्ष बाइडेनका उमेर समूहका डेमोक्र्याटहरूको भेलामा धेरैले राष्ट्रपतिमा दोहोरिनका लागि उनको उमेर निकै बढी भएको बताएका थिए । बाइडेनको बुढ्यौलीका कारण स्थानीय नेताहरूले ह्वाइटहाउसमा फोन गरेर नियमित रूपमा उनको स्वास्थ्य अवस्थामाबारे जानकारी लिने गरेका छन् ।

ह्वाइट हाउसका अधिकारीहरूका अनुसार बाइडेनको बुढ्यौलीलाई मध्यनजर गर्दै उनीहरू सकेसम्म उनलाई तनाव नदिनेगरी कार्यसम्पादन गरिरहेका हुन्छन् । उनका कर्मचारीहरूले सार्वजनिक कार्यक्रम सकेसम्म १२ बजेदेखि ४ बजेसम्म राख्ने गर्छन् र विदाका दिनमा उनलाई एक्लै छोडिदिन्छन् । ह्वाइट हाउस चिफ अफ स्टाफकी उपप्रमुख जेनिफर डिलियन भन्छिन्,’जुनसुकै उमेर समूहको भएपनि राष्ट्रपतिका लागि भनेर हामीले विशेष केही काम गर्नुपर्दैन’, उनले भनिन् ।

बाइडेनको कार्यतालिकासम्बन्धी अध्ययनका अनुसार उनको बिहानी कार्यतालिका बाराक ओबामाको जस्तै छ । बाराक पनि बिहान १० बजेअघि सार्वजनिक कार्यक्रममा पुग्दैनथे । साँझ भने बाराक ६ बजेसम्म सार्वजनिक कार्यक्रममा उपस्थित हुन्थे । उनका सहयोगीहरूले सकेसम्म राष्ट्रपतिलाई मिडिया अन्तर्वार्तामा सहभागी हुन दिँदैनन् । बाइडेनले गम्भीर राजनीतिक क्षति पुग्ने अभिव्यक्ति दिनसक्ने त्रासले उनीहरूले रोकेका हुन् । हालसम्म बाइडेनका ४ अन्तर्वार्तामात्रै आएका छन् ।

उनका सहयोगीहरूले राष्ट्रपतिको निजी चिकित्सकलाई पनि मिडियासामु उपस्थित नहुन भनेका छन् । बेलाबखत राष्ट्रपतिको स्वास्थ्यबारे फिजिसियन केभिन कोर्नरले विज्ञप्ति जारी गर्छन् । गत फेब्रुअरीमा विज्ञप्ति निकाल्दै उनले भनेका थिए, ‘बाइडेन आफ्नो जिम्मेवारी निर्वाहका लागि पूर्ण रुपले तन्दुरूस्त छन् । उनलाई कुनै विशेष व्यवस्थाको खाँचो छैन ।’

बाइडेनको ढिलो चालको कारण भने मेरूदण्डमा परेको असर रहेको उनले बताएका छन् । राष्ट्रपतिलाई स्नायुसम्बन्धी कुनै पनि रोग नरहेको उनले बताएका छन् । बाइडेनले कोलेस्ट्रोल, दम र एलर्जीको नियमित औषधी सेवन गरिरहेको उनको विज्ञप्तिमा उल्लेख छ ।

बाइडेनको उमेर समूहका अन्यले झैँ बाइडेनले पनि एकै कुरा पटक पटक दोहोर्‍याउँछन् । बच्चाहरू भेट्दा अन्यले झैँ उनले पनि विचित्र गतिविधि कहिलेकाहीँ गर्छन् ।

साथसाथै, आफ्नो फिटनेसलाई उनी विशेष ध्यान दिँदै साताको पाँच दिन शारीरिक अभ्यास गर्छन्  । उनी मदिरा पिउँछन् । उनको स्टामिना यस्तो छ कि अमेरिकाबाट पोल्याण्ड फ्लाइटमा पुगेर त्यहाँबाट ९ घण्टा ट्रेनबाट किभ पुग्दा उनी थकित देखिएका थिएनन् । उनको भ्रमण सम्बन्धी अध्ययन प्रतिवदेनका अनुसार बाइडेनले कार्यकालको तेस्रो वर्ष सबैभन्दा बढी सयर गरेका छन् ।

न्युजर्सीका गभर्नर बाइडेन दोस्रो कार्यकालका लागि बुढो भए भन्ने तर्कमा सहमत छैनन् । ‘उमेर बुढ्यौली भएपनि निर्णय क्षमताले बाइडेन तगडा छन्’, उनले भने ।

मिडियाले उनको उमेरबारे धेरै प्रश्न गरेकाले कतिपयमा वितृष्णा जागेको केहीको तर्क छ । निकै लामो समयसम्म बाइडेनको सल्लाहकार रहेका पूर्वसांसद टेड कफम्यान भन्छन्,’निर्णय क्षमतामा उनी अरू राष्ट्रपतिभन्दा पनि अब्बल छन् उनले धेरै काम गरेका छन् । पत्र-पत्रिकाले नियमित जसो उनको बुढ्यौलीलाई लिएर चिन्ता प्रकट गरेपछि धेरैमा वितृष्णा देखिएको हो । अन्यथा उनीमाथि प्रश्न उठाउनुपर्ने ठाउँ छैन ।’

राष्ट्रपति बाइडेनको उमेरलाई लिएर कडा रहेका  रिपब्लिकनहरु पनि सभामुख क्यार्थीसँग बजेटबारे बाइडनेले गरेको सहमतिपछि नरम देखिएको ह्वाइटहाउसको बुझाइ छ । ह्वाइटहाउसका प्रवक्ता एन्ड्रयु बेट्स भन्छन्, ‘बाइडेनको बुढ्यौलीलाई लिएर खिसिट्युरी गर्ने रिपब्लिकन सांसदहरूले समेत उनको संवाद र सम्झौता गर्ने शैलीले आश्चर्यमा परेका छन् । बाइडेनप्रतिको उनीहरूको दृष्टिकोणमा हाल केही परिवर्तन आएको छ ।’

उमेरका विषयमा प्रश्न उठ्ने राष्ट्रपतिमा बाइडेन एक्ला व्यक्ति होइनन् । राष्ट्रपतिमा बाइडेन निर्वाचित हुनुअघि ट्रम्प सबैभन्दा बुढो राष्ट्रपति थिए । उनी बाइडेनभन्दा ४ वर्षले मात्रै कान्छा हुन् । आगामी राष्ट्रपतीय निर्वाचनमा ट्रम्प विजयी भएमा कार्यकाल सकिँदा उनी ८२ वर्षको हुनेछन् ।

ह्वाइटहाउसमा ट्रम्पको मानसिक र शारीरिक अवस्थालाई लिएर चासो र चिन्ता हुने गरेको थियो । उनले स्वस्थ खानपानको सट्टा चिजीवर्गर र स्टेक धेरै खाँदा अत्यधिक मोटोपना भएको भन्दै चिन्ता हुने गर्थ्यो ।

बिहानका बैठक निकै लामो समय चलाएको गुनासो बढेपछि उनले ११ बजेदेखि ११ :३० सम्म ब्रेक लिने गरेका थिए । त्यस समयमा उनी फोन गर्ने टिभी हेर्नेदेखि ट्वीट गर्ने काम गर्थे । मोटोपनाले ट्रम्पलाई यति कठिनाई भयो कि अमेरिकी सैन्य एकेडेमीमा जाँदा उनलाई एक गिलास पानी उठाउन हम्मेहम्मे भएको थियो ।

उनको संज्ञानात्मक क्षमतामा पनि प्रश्न उठेका थिए । ट्रम्पमा सूचनाको विश्लेषण गर्ने क्षमतानै नरहेको उनका सहयोगी बताउँछन् । काल्पनिकता र तथ्य पनि उनले छुट्टयाउन नसकेको भन्दै उनका क्याबिनेट सचिवहरूले नै संविधानको २५ औँ संशोधनको सहायताबाट उनलाई हटाउनुपर्नेबारे छलफल समेत गरेका थिए ।

सन् १९६३ मा राष्ट्रपति जोन एफ केनेडीको हत्या भएपछि २५ औँ संशोधन गरिएको थियो । त्यसले राष्ट्रपति सेवाका लागि अयोग्य भएको खण्डमा हटाउने व्यवस्था गरेको छ ।

ट्रम्पले भन्दा बाइडेनले आफ्नो दिनचर्या निकै व्यवस्थित  र अनुशासित बनाएका छन् । उनी विहान ५ बजे उठ्छन् । उनी ८ बजेदेखि शारीरिक कसरत थाल्छन् । आफ्नो कार्यकक्षमा उनी ९ बजे आइपुग्छन् ।

साँझ ६:४५ मा उनले कार्यकक्ष छोड्छन् । रेड सस पास्ता बाइडेनको मनपर्ने खाना हो । बाहिर जाँदासमेत सहयोगीले त्यो सस छुटाउँदैनन् । बेलुका ८ देखि १० सम्म उनी पढ्छन् । उनी बेलुका ११ बजे सुतिसक्छन् । ‘बाइडेन निकै गहन तरिकाले विषयलाइ बुझ्छन् । आजका दिन पनि उनी १० वर्षअघि जस्तै जटिल प्रश्न तेर्स्याउँछन्’, ह्वाइहाउस सचिव स्टेफिन फ्लेडम्यान भन्छन् ।

विदेशमा जाँदा उनीसँगै यात्रा गर्नेहरू एयरफोर्समा उनले घण्टौँसम्म संवाद गरेको विषयमा अचम्मित हुन्छन् ।

कार्यशैली जोशिलो भएपनि बुढ्यौलीले उनलाई छोएको कतै लुकेको छैन । उनी कुर्सीमा सिधा बस्न सक्दैनन् । पहिले हात टेकेर बस्छन् । उनी यति सुस्त बोल्छन् कि माइक्रोफोनमा समेत उनको आवाज सुन्न निकै कठिनपर्छ ।

उनले बेलाबखत तथ्य र मानिसका नाम बिर्सिने गरेका छन् । ट्वीनटावर हमलामा मारिएकाहरूको सम्झनामा उनलाई त्यहाँ पुग्न सुरक्षापंक्तिले नयाँ नक्सा दिएको थियो  । त्यो नक्सा स्मरण गर्न नसक्दा उनले झर्को मान्दै भनेका थिए-‘म त्यहाँ पहिले पुगेको थिएँ। मलाई यो नक्साको खाँचो नै छैन ।’

बाइडेनको उमेरलाई लिएर इन्टरनेटमा हुने खिसिट्युरीले ह्वाइटहाउसका अधिकारी चिन्तित छन् । हरेक हप्ता ह्वाइटहाउसका रणनीतिकार बस्छन् र यसबारे छलफल गर्छन् । बुढ्यौलीको अरूले जतिसुकै मजाक उडाएपनि बाइडेन बेपरवाह आफ्नो काममा लाग्छन् । आफू बुढो भएको बाइडेन सहर्ष स्वीकार्छन् तर उनको एउटा ढिपी छ, ‘ज्यान बुढो भएपनि मष्तिस्क जवानै हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?