+
+

एप्पलले ल्यायो सबैभन्दा पातलो ल्यापटप र नयाँ अपरेटिंग सिस्टम

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २३ गते १२:५३

एप्पलले रहेक वर्ष आयोजना गर्ने Wide Developers Conference ले केवल एप्पलका फ्यानहरुको मात्र ध्यान खिच्दैन पूरै प्रविधि उद्योगले नै उक्त कार्यक्रमलाई निकै नै ध्यानपूर्वक हेरेको हुन्छ ।

नेपाली समय अनुसार सोमबार जून ५ को रातिदेखि सुरु भएको WWDC 2023 पनि विशेष रह्यो ।

यसपटकको समारोहमा एप्पलले भर्चुअल रियालिटी हेडसेट देखि ल्यापटप उद्योगकै सबैभन्दा पातलो १५ इन्चको म्याकबुक सार्वजनिक गरेका छ ।

१५ इन्चको सबैभन्दा पातलो यो म्याकबुकको मूल्य १२ सय ९९ डलर तोकिएको छ ।

क्यालिफोर्नियास्थित कुपर्टिनोमा रहेको एप्पल पार्कमा आगामी जून ९ सम्म चल्ने यो समारोहको एप्पल सीईओ टिम कुकले औपचारिक सुरुवात गरे ।

कार्यक्रमको पहिलो दिन नै एप्पलले आफ्नो उच्च मूल्यको भर्चुअल रियालिटी हेडसेट लञ्च गरेको छ । उक्त हेडसेटकेा नाम भिजन प्रो हो ।

त्यस्तै एप्पलले १५ इन्चको डिस्प्ले भएको ल्यापटप म्याकबुक एयर र म्याक स्टुडियो मोडेल पनि लञ्च गरेको छ । एप्पलले M2 अल्ट्रा चिपसेटका साथ नयाँ म्याक स्टुडियो लञ्च गरेको हो । यो इन्टेल चिप भएको म्याक प्रो भन्दा तीन गुणा तीव्र गतिमा चल्ने र यसमा १९२ गिगाबाइटको इन्टरनल मेमोरी रहने बताइएको छ ।

त्यस्तै सबैभन्दा पातलो १५ इन्चको म्याकबुक एयरको ब्याट्री लाईफ १८ घण्टा हुने दाबी गरिएको छ । साथै यसको डिस्प्ले २५ प्रतिशत भन्दा धेरै ब्राइट हुनुका साथै ब्याट्री लाइफ पुरानो संस्करणभन्दा ५० प्रतिशत धेरै भने ४० प्रतिशत पातलो छ । नयाँ म्याकबुक विभिन्न तीन वटा भेरिएन्टमा आउनेछ । नयाँ म्याकबुकका फिचर्समा :

· मोटाइ : ११.५ मिलिमिटर
· वजन : ३.३ पाउण्ड
· डिस्प्ले : १५.३ इन्च
· चमक : ५०० निट्स
· क्यामरा : १०८० पिक्सेल
· स्पिकर : ६ वटा
· प्रोसेसर : एम टू

नयाँ अपरेटिंग सिस्टम

WWDC 2023 मै एप्पलले नयाँ अपरेटिंग सिस्टम आईओएस १७ पनि सार्वजनिक गरेको छ । यस अपरेटिंग सिस्टममा एप्पलले विभिन्न नयाँ फिचर्स थप गरेको छ । यसमा प्रयोगकर्ताले आफ्ना तस्वीरलाई कस्टम स्टिकर बनाउन सक्दछन् । साथै किवर्डमा पनि सुधार गरिएको छ भने लोकेसन शेयरिंग लगायतका विभिन्न सुविधा थपिएको छ ।

रियालिटी हेडसेट

एप्पलले भर्चुअल रियालिटी हेडसेट पनि लञ्च गरेको छ, जसको नाम Vision Pro हो । यो एउटा AR-VR हेडसेट हो । यसमा अग्मेन्टेड रियालिटी तथा मिक्स्ड रियालिटीको प्रयोग गरिएको छ ।

सीईओ टिम कुकले एप्पलको भिजन प्रो हेडसेट एक नयाँ सुरुवात भएको दाबी गरेका छन् । यसले भर्चुअल तथा वास्तविक दुनियाँलाई एकसाथ जोड्ने दाबी गरिएको छ ।

यो हेडसेटले प्रयोगकर्तालाई एक स्क्रिन पेश गर्दछ जसमा प्रयोगकर्ताले मनोरञ्जनदेखि गेमिंग सम्मको अनुभव लिन पाउँछन् । यसमा प्रयोगकर्तालाई कुनै डिस्प्लेको आवश्यकता पर्दैन र यसले आफैले कुनै पनि साइजको डिस्प्ले सिर्जना गर्न सक्दछ ।

यसका लागि प्रयोगकर्ताले आफ्नो आवाज, हात वा आँखा प्रयोग गर्न सक्दछन् । यो हेडसेट सन् २०२४ को सुरुवातमा उपलब्ध हुने र यसको मूल्य ३४ सय ९ डलर हुनेछ ।

एप्पल भिजन प्रो डिस्प्लेमा दुवै डिस्प्ले २ करोड ३० लाख पिक्सेलका छन् । कस्टम थ्री डी लेन्सले विस्तृत रंग तथा एचडीआर सपोटसँगै तपाईंलाई चारैतर्फ डिस्प्ले प्रदर्शित गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?