+
+

कोशी प्रदेशमा माओवादीका २ मन्त्रीले दिए राजीनामा

हरि अधिकारी हरि अधिकारी
२०८० जेठ २३ गते १५:२७

२३ जेठ, विराटनगर । पार्टीले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै नेकपा माओवादी केन्द्रका २ जना मन्त्रीले राजीनामा दिएका छन् ।

माओवादी केन्द्रबाट कोशी प्रदेश सरकारमा रहेका भौतिक पूर्वाधार मन्त्री दुर्गा चापागाईं र पर्यटन वन तथा वातावरण मन्त्री जीवन आचार्यले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाएका हुन् ।

यसअघि माओवादीको कोशी प्रदेश संसदीय दलले एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी प्रदेश संसद सचिवालयलाई गराएको थियो ।

संसदीय दलको बैठकले राजीनामा बुझाउन उनीहरुलाई निर्देशन पनि दिएको थियो ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?