+

ए डिभिजन लिगमा पुलिस र आर्मीले अंक बाँडे

२०८० जेठ  २३ गते २१:१६ २०८० जेठ २३ गते २१:१६
ए डिभिजन लिगमा पुलिस र आर्मीले अंक बाँडे

२३ जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा मंगलबार विभागीय डर्बी खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।

एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिस र आर्मीले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।  खेलमा आर्मीले पहिले अग्रता लिए पनि जोगाउन सकेन ।

खेलको दोस्रो मिनेटमै दिनेश हेम्जनले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । तर अहमद हिजाजजीले ३९ औं मिनेटमा पुलिसका लागि बराबरी गोल फर्काए । त्यसपछि खेलमा दुवैतर्फबाट गोल भएन ।

बराबरीपछि पुलिस २५ खेलबाट ३८ अंक जोड्दै तेस्रो स्थानमा उक्लेको छ । समान खेलबाट ३१ अंकसहित आर्मी सातौं स्थानमा उक्लेको छ ।

शहीद स्मारक लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय