+
+

यस्ता छन् एप्पलले सार्वजनिक गरेका ५ उत्पादन र फिचर

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २४ गते ७:०७

एप्पलले यस वर्ष नयाँ उत्पादन ल्याएको छ । काल्पनिक वास्तविकताको संयोजनमा आधारित हेडसेटलाई एप्पलले रूपान्तरणकारी उत्पादन भनेको छ । यसले प्रविधि र उपयोगकर्ताको संवाद शैलीलाई परिवर्तन गर्ने एप्पलले दाबी गरेको छ ।

एप्पलका प्रमुख कार्यकारी अधिकृत टीम कुकले यसलाई रूपान्तरणकारी उत्पादनको संज्ञा दिएका हुन् । ‘एप्पललको भिजन प्रो एक रूपान्तरणकारी उत्पादन हो । यसले प्रयोगकर्ता र प्रविधिको संवादलाई जीवन्त बनाउनेछ,’ उनले भने ।

एप्पलले आफ्नो उत्पादनलाई सहयोग गर्नेहरूको विश्वव्यापी सम्मेलन आयोजना गरेर भिजन प्रोसहित अन्य उत्पादन पनि सार्वजनिक गरेको छ । ती मध्ये पाँच सामग्रीका विशेषता यहाँ उल्लेख छ ।

भिजन प्रो

एप्पलले सार्वजनिक गरेको भिजन प्रो स्की गुगल्ससँग मिल्दोजुल्दो छ । यसले मानिसलाई लाइभ भिडिओमा पनि भर्चुअल तस्वीर ‘ओभरल्याप’को सुविधा दिन्छ । एप्पलका अनुसार प्रयोगकर्ताले त्यस हेडसेट लगाउन वित्तिकै फरकपन महसुस गर्नसक्छन् ।

एप्पलले मेडिकल तथा मनोरञ्जन विधाका सामग्रीमा भिजन प्रोको परीक्षण गरेको छ । डिज्नीका प्रमुख कार्यकारी अधिकृत बब इग्गरले भिजनप्रोका लागि आफ्नो कम्पनीले पनि सामग्री उत्पादन गर्ने बताएका छन् ।

अन्य भीआर सेटभन्दा भिजन प्रो पृथक पनि छ । यसले प्रयोगकर्तालाई एक्लोपना महसुस हुन दिंदैन । प्रयोगकर्ताले बाहिर पनि सहजै हेर्नसक्ने एप्पलले बताएको छ । ‘भिजनप्रोले प्रयोगकर्तालाई आफ्नो वरपरको वातावरणबाट एक्लो महसुस गराउँदैन । जसरी प्रयोगकर्तालाई अरूले देख्छन् । उसैगरी प्रयोगकर्ताले पनि भिजनप्रो लगाउँदा अरूलाई देख्नेछन्,’ अलान डेले भने ।

एप्पलले यसको मूल्य असाध्यै महँगो राखेको छ । यसको मूल्य ३४ सय ९९ डलर रहेको छ । आर्थिक अनिश्चतताको यो समयमा यो मूल्य निकै महँगो हो ।

एआईमा भन्दा भर्चुल रियालिटीमा ध्यान

एप्पलले यान्त्रि बौद्धिकतामा भन्दा पनि भर्चुअल रियालिटी (भिआर)मा ध्यान दिएको छ । सिलिकन भ्यालीको पछिल्लो आकर्षण एआइबाट आफूहरू तत्कालका लागि अलि पछिनै रहेको एप्पलले जनाएको छ । पछिल्लो समयमा यान्त्रि बौद्धिकतमा आधारित प्रविधिको लोकप्रियतापछि एप्पलले पनि आफ्ना उत्पादनमा त्यसलाई स्थान दिनेबारे बहस गरेको थियो । तर एआइमा एप्पलले हाल हात हालेको छैन ।

एआइलाई आफ्ना उत्पादनमा  एप्पलले पृथक ढंगले प्रयोग गर्न खो जेको छ । यसले स्वतसुधार प्रणालीलाई अध्यावधिक गर्दै वाक्य गठनमा पनि यसलाइ प्रयोगमा ल्याउन खोजेको छ । एप्पलले शब्द वा वाक्य अनुमानको यान्त्रिक क्षमतलाई परिस्कृत गर्दै अझै राम्रो बनाउने प्रयत्नमा ध्यान केन्द्रित गरेको छ । ‘एप्पलको वाक्य अनुमानको यान्त्रिक प्रणालीले प्रयोगकर्तालाई आफूले भन्न खोजेको कुरा द्रुत गतिमा लेख्न मद्दत पुर्‍याउनेछ । हरेक शब्द लेख्न खोज्दा त्यहाँ अनुमानित वाक्यांश आउनेछ यसले प्रयोगकर्तालाई सहज हुने विश्वास हामीले लिएका छौं,’ एप्पलका वरिष्ठ उपाध्यक्ष क्रेग फेड्रेगीले भनेका छन् ।

१५ इन्चको म्याकबुक एयर

एप्पलले १५ इन्चको म्याकबु एयरपनि सार्वजनिक गरेको छ । एसमा एप्पलले एम टू प्रोसेसर राखेको छ भने यो निकै पातलो पनि छ । यो ल्यापटप ११.५ एमएमको छ । यसको तौल डेढ केजी भन्दा पनि कम छ । यसले १८ घण्टासम्म ब्याट्री ब्याकअप दिने बताइएको छ । यसमा ६ स्पिकर सहितको साउन्ड सिस्टम रहेको छ । यसको मूल्य १२९९ डलर तोकिएको छ । यसका अलवामा म्याकबुक एयरका लागि एप्पलले एम टू म्याक्स र एम टू चिप्स पनि बनाएको छ । पुराना म्याकमा यो चिप्स हाल्दा त्यसको प्रोसेसिङ गति बढ्दे एप्पले बताएको छ । एम १ म्याक्सको तुलनामा ती चिप्स जडान गरेपछि २५ गुणाले क्षमता बढ्ने एप्पलको दाबी छ ।

फेस टाइम र म्यासेजमा नयाँ सुविधा

एप्पलले आईओस १७ भर्सनमा नयाँ अपडेट ल्याएको छ । जसमा प्रयोगकर्ताले कल तथा म्यासेजमा केही परिमार्जन गर्नसक्नेछन् । उनीहरूले व्यक्तिकत अनुकुलन (कस्टुमाइज ) सुविधा कल र म्यासेजमा उपभोग गर्न पाउनेछन् ।

आईओस १७ मा प्रयोगकर्ताले आफ्नो सम्पर्क सूचीमा रहेका व्यक्तिको पोस्टर आफैं बनाउन सक्ने सुविधान पाउनेछन् । यस्तै लाइभ भ्वाइस कलरले सम्पर्क भएको व्यक्तिको सन्देश रियल टाइममा शब्दमा परिणत गर्नेछ । यस्तै नेमड्रप फिचरले २ आइफोनसँगै राख्खा सम्पर्क नम्बर आदानप्रदानको सुविधा प्रयोगकर्तालाई दिनेछ ।

वाच, आइप्याड र एयरपोडमा अपडेट 

एप्पलले वाच, आइप्याड र एयरपोडमा पनि अपडेट गरेको छ । आइप्याडको लक स्क्रिन अझै परिमार्जन गर्नसकिने फिचर ल्याएको छ भने केही अन्तरक्रियात्मक फिचर पनि थप गरेको छ । यसले प्रयोगकर्तालाई केही काम छिट्टै गर्नका लागि मद्दत पुर्‍याउनेछ। यस्तै एयरपोडका लागि कम्पनीले ध्वनी अनुकुलनको सुविधा ल्याएको छ । यसले प्रयोगकर्तालाई बाहिरको आवाज तथा अन्य बाधाजन्य आवाज एयरपोड प्रयोग गरेको बखत कानमा पर्न दिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?