+
+

राष्ट्रिय सभा सदस्यको चिन्ता : प्रतिनिधि सभाको रोग हाम्रो घरमा सर्ने हो कि ?

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २४ गते ११:५४

२४ जेठ, काठमाडौं । प्रतिनिधि सभा बैठकमा सांसदहरु अमर्यादित ढंगले प्रस्तुत भएको भन्दै राष्ट्रिय सभा सदस्यहरुले चिन्ता व्यक्त गरेका छन् ।

आजको राष्ट्रिय सभाको बैठकमा सदस्यहरु गोमादेवी ढकाल, नारायण दाहाल र सुरेश आलेमगरले प्रतिनिधि सभा बैठकमा सदस्यहरु अमर्यादित ढंगले प्रस्तुत भएको गुनासो गरेका हुन् ।

सदस्य सुरेश आलेमगरले भने, ‘कसैले एउटा सन्दर्भमा भनेका सामान्य कुरालाई पनि उछालेर भन्ने एउटा रोग हाम्रो छिमेक घरमा देखा पर्यो । त्यो रोग हाम्रो यो घरमा पनि सर्छ कि भन्ने मलाई डर लागिरहेको छ ।’

यसैगरी दाहालले नियमावली र मूल्यमान्यता विपरीत गएर अवरोध हुने गर्दा यसले राम्रो सन्देश नदिएको बताए ।

अर्का सदस्य ढकालले सांसदहरुको प्रस्तुतिको असर समाजमा पर्ने हो कि भन्ने चिन्ता व्यक्त गरिन् ।

प्रतिनिधि सभा बैठकमा बेलाबेला हुने गरेका उच्छृङ्खल र अमर्यादित प्रस्तुतितर्फ संकेत गर्दै राष्ट्रिय सभा सदस्यहरूले चिन्ता व्यक्त गरेका हुन् ।

केही दिनअघि मात्रै संसदमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण र बजेटको विषयलाई लिएर हंगामा भएको थियो । केही समयअघि सांसद अमशेरकुमार सिंहले आफ्ना कुरा राख्न नपाएको भन्दै अर्धनग्न भएर विरोधमा उत्रिएका थिए ।

प्रतिनिधि सभामा यस्ता अमर्यादित र रेकर्डबाट हटाउनु पर्ने अभिव्यक्ति आइरहने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?