+
+

‘आदिपुरुष’ले हलमा हनुमानका लागि एक सिट खाली राख्‍ने, फाइनल ट्रेलर रिलिज

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २४ गते १२:००

काठमाडौं । प्रभास स्टारर फिल्म ‘आदिपुरुष’का निर्माताले रिलिजअघि नै एक घोषणा गरेका छन् । रामकथा हुने ठाउँमा हनुमानको उपस्थिति हुने भएकाले हरेक भारतीय हलमा हनुमानका लागि एउटा सिट खाली राखिने निर्माण पक्षले जनाएको छ ।

ओम राउतले निर्देशन गरेको यो फिल्म असार १ गते रिलिज हुँदैछ । फिल्मको टिमले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘जहाँ रामायण पाठ गरिन्छ, त्यहाँ भगवान हनुमानको उपस्थिति हुन्छ । यही विश्वासका साथ हरेक थिएटरमा ‘आदिपुरुष’ प्रदर्शनमा भगवान हनुमानका लागि एउटा सिट खाली राखिनेछ ।’

निर्माताको यो निर्णयको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ । योसँगै धेरैले यसलाई फिल्मको प्रमोसनको रुपमा हेरिरहेका छन् ।

आगामी साता अमेरिकाको न्युयोर्कमा हुने ट्रिबेका फिल्म फेस्टिभलमा यसको वल्र्ड प्रिमियर हुँदैछ । फेस्टिभलमा मिडनाइट अफरका रूपमा प्रस्तुत गरिने यो थ्रीडी फिल्म १६ जुनबाट सिनेमा हलमा प्रदर्शन हुनेछ ।

‘आदिपुरुष’को कथा रामायणमा आधारित छ । फिल्ममा प्रभास रामको भूमिकामा देखिनेछन् भने कृति सीताको भूमिकामा देखिनेछिन् । सैफअली खान रावणको भूमिकामा देखिनेछन् ।

यस्तो छ फाइनल ट्रेलर

एक्सन दृश्यले भरिपूर्ण फिल्मको फाइनल ट्रेलर सार्वजनिक भएको छ । जहाँ पहिलो ट्रेलर भगवान रामको नरम पक्षमा केन्द्रित छ । फाइनल ट्रेलरमा भने भगवान राम पत्नी सीतालाई फिर्ता ल्याउन रावणसँग युद्ध लड्दैछन् । भारतको तिरुपतिस्थित श्री वेंकटेश्वर युनिभर्सिटी स्टेडियममा एक भव्य कार्यक्रमका बीच ट्रेलर रिलिज गरिएको हो ।

ट्रेलरमा युद्धको दृश्यका रोचक सटहरु पनि छन् । रावणले सीताको अपहरण गरेपछि युद्ध सुरु हुन्छ । यसपछि श्रीरामले आफ्नो सेना तयार पार्छन् र रावणलाई युद्धको चुनौती दिन्छन् । सम्पूर्ण ट्रेलर भारी भीएफएक्स र एक्सन दृश्यले भरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?