+
+

पूर्वराज्यमन्त्री महेश चौधरीको निधन

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २४ गते १४:५७

२४ जेठ, काठमाडौं । पूर्वराज्यमन्त्री महेश चौधरीको निधन भएको छ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज दिउँसो चौधरीको निधन भएको हो ।

उनी हर्नियाबाट पीडित थिए । काठमाडौंमा हालै शल्यक्रिया गरेर गृह जिल्ला दाङ फर्किएका उनी स्वास्थ्यमा पुनः समस्या देखिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए ।

चौधरी २०४८ सालमा राष्ट्रिय सभा सदस्य र २०५४ सालमा स्थानीय विकास राज्यमन्त्री बनेका थिए ।

नेकपा एमालेका पूर्व सल्लाहकारसमेत बनेका चौधरी पछिल्लो समय भने राजनीतिबाट निष्कृय थिए ।

उनले वि.सं २०२८ सालमा दाङबाट थारू भाषाको साहित्यिक पत्रिका ‘गोचाली’ निकालेका थिए।

उनले ‘द हिडनट्रेजर अफ द लो ल्याण्ड नेपाल (भाग-१ र २)’, ‘नेपालको तराई तथा यसका भूमिपुत्रहरू’, ‘स्थविरहरुको प्राचीन इतिहास र संस्कृति’, थारू भाषाको पहिलो गीति नाटक ‘छारा’, थारू भाषामा ‘लिरौसी व्याकरण’ लगायत पुस्तक लेखेका छन् ।

पछिल्लो समय उनले घोराही-१७ स्थित बेलभारमा सूर्यशक्ति सुपर जैविक प्राङ्गारिक मल उत्पादन केन्द्र सञ्चालन गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?