+
+

कारागारबाट छुटाइ दिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २५ गते १९:०६

२५ जेठ, काठमाडौं। कारागारमा रहेको थुनुवालाई छुटाइ दिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा नगरपालिका-१ ४२ वर्षीय सञ्‍च तामाङ रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले बानेश्वरबाट पक्राउ गरेको हो।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

उनले वैदेशिक रोजगार ठगी मुद्दामा थुनामा रहेका थुनुवालाई छुटाइ दिने भन्‍दै ४ लाख रुपैया लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?