+
+

गेटामा संघर्ष समितिले राख्यो मेडिकल विश्वविद्यालयको बोर्ड

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २५ गते २१:०४

२५ जेठ, धनगढी । गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन माग गर्दै आन्दोलित भएको संघर्ष समितिले विश्वविद्यालयको बोर्ड राखेको छ ।

गेटा मेडिकल कलेजको मुख्य गेटमा बिहीबार संघर्ष समितिले शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको बोर्ड राखेको हो ।

२९ माघमा मन्त्रिपरिषद बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । प्रदेश सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत गेटालाई विश्वविद्यालयका रुपमा अघि बढाउने उल्लेख गरेको थियो ।

तर १५ जेठमा प्रतिनिधिसभामा प्रस्तुत भएको बजेटमा भने सरकारले गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान र एक सय शय्याको अस्पताल सञ्चालन गर्ने घोषणा गरिएको छ ।

सरकार आफ्नै निर्णयबाट पछि हटेको र मेडिकल कलेज सञ्चालन गर्न नदिने षड्यन्त्र भएको भन्दै शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माणार्थ गठित संघर्ष समितिले आन्दोलनमा उत्रिएको छ ।

संघर्ष समितिले बिहीबार बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म अत्तरिया बजारसहित गोदावरी नगरपालिका क्षेत्र बन्दसमेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?