+
+

विदेशी मुद्राको सञ्चिति पौने १५ खर्ब, ९.७ महिनाको आयात धान्ने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २६ गते १३:४८

२६ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को १० महिनाको अवधिमा नेपालमा विदेशी मुद्राको सञ्चिति १४ खर्ब ७० अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।

यो चैत महिनासम्मको सञ्चिति भन्दा ३६ अर्ब ६० करोड रुपैयाँ धेरै हो ।

चैतसम्म १४ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ विदेशी मुद्राको सञ्चिति थियो । सो रकमले ९.४ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्थ्यो । १० महिना (वैशाखसम्म)को सञ्चितिले भने ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको नेपाल राष्ट्र बैंकको तथ्याङ्‍कमा उल्लेख छ ।

२०७९ असार मसान्तसम्म विदेशी मुद्राको सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रहेको थियो । वैशाख २०८० सम्म आइपुग्दा सञ्चितिमा २०.९ प्रतिशत थप भएको हो । अमेरिकी डलरमा २०७९ असार मसान्तसम्म ९ अर्ब ५४ करोडको सञ्चिति रहेकोमा २०८० वैशाखसम्म ११ अर्ब २१ करोड देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?