+
+

पार्टी जनतासँग टाढिएको छ : शेखर कोइराला

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २६ गते १७:२७

२६ जेठ, चितवन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी जनतासँग टाढिएका स्वीकार गरेका छन् । जनतासँग जोडिने कार्यक्रम ल्याउनु अहिलेको पहिलो आवश्यकता रहेको उल्लेख गर्दै नेता शेखरले टाढिँदै जानु दुःखद भएको बताए ।

‘जनताको विचको स्थितिलाई सहि ढंगले जोड्न सकेनौँ भने हामीले हाम्रो औचित्य गुमाउदै जाने छौँ,’ शेखरले भने ।

डेमोक्रेटिक लयर्श एसोसिएशनको एघारौं महाधिवेशनको उदघाटन सत्रमा बोल्ने क्रममा राजनीतिकर्मीलाई आम नागरिकको कठघरामा उभिएर आफ्नो औचित्य प्रमाणित गर्न हम्मे हम्मे परेको कोइरालाले बताए ।

सभापतिसहित शेरबहादुर देउवा समेत सहभागी कार्यक्रममा कोइरालाले भने, ‘किन र के कारणले यस्तो अवस्था आयो ? म चाहन्छु एकपटक हामी सबै राजनीतिकर्मीले आत्मसमिक्षा र चिन्तन गर्नुपर्ने भएको छ ।’ पार्टी नेताहरु सुध्रिन तयार रहेको र पार्टी सुधार्ने प्रतिवद्धता कोइरालले गरे ।

संवैधानिक निकायहरुको क्षयीकरण भएको भन्दै उनले चिन्ता व्यक्त गरे । विभिन्न वहानामा लोकतान्त्रिक संस्थाहरु र संवैधानिक निकायहरुलाई कमजोर बनाएको उनले बताए । राजनैतिक संकट तथा निरंकुशताका समयमा हामी खरो उत्रिएको कांग्रेस बेला बेलामा चुकेको उनले बताए । ‘कहिलेकाही चुकेका पनि छौं । व्यवहारिक राजनीतिका नाममा कतिपय बिषयमा आँखा चिम्लेका छौं,’ कोइरालाले भने ।

गणतन्त्र दिवसको दिनमा आममाफी दिने निर्णय प्रति कोइरालाले असन्तुष्टि व्यक्त गरे ।

‘न्यायलयबाट सजाय तोकेका एकजना राजनीतिकर्मी मात्र होइन झण्डै दुई दर्जनले राष्ट्रपतिबाट आममाफी पाए,’ चितवनमा भएको कार्यक्रममा कोइरालाले भने । निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयको एउटा कोठामा थन्क्याउने कार्य भएको भन्दै सरकारले बजेटमा गरेको निर्णयमा आपत्ति जनाए । ‘यसले संबैधानिक अंगहरु अपहेलित र अप्रभावकारी हुने खतरा म देख्दछु,’ कोइरालाले भने ।

कोही नेता, जनता तथा पार्टी कार्यकर्ताले आफ्नो विवेक र स्वतन्त्रता कुनै नेताको चरणमा अर्पित नगर्न उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?