+
+

साढे तीन वर्षपछि नेपालको पुरुष बास्केटबल टिमले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २७ गते ८:३४

२७ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष बास्केटबल टोलीले माल्दिभ्समा हुने ‘फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिप’ खेल्ने भएको छ ।

नेपालको पुरुष टोलीले तीन वर्षभन्दा बढी समयपछि अन्तर्राष्ट्रिय बास्केटबल खेल्न लागेको हो ।

पछिल्लो पटक नेपालले २०१९ डिसेम्बरमा नेपालमै भएको १३औं साग खेलेको थियो ।जहाँ पुरुष टिमले कास्य पदक जितेको थियो ।२०२१ मा बंगलादेशमा भएको साबा पुरुष बास्केटबलमा नेपालले सहभागिता जनाएन ।

यही जुन १४ देखि जुन २२ तारिखसम्म माल्दिभ्समा हुन लागेको फाईभ नेसन्स प्रतियोगितामा नेपालले सहभागिता जनाउने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल बास्केटबल संघका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङले जानकारी गराए ।

प्रतियोगितामा नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान र पाकिस्तानको सहभागिता रहने बास्केटबल संघका महासचिव नरेन्द्र थापाले जनाएका छन् ।

प्रतियोगिताका लागि नेपाली टोली पनि घोषणा भएको छ । टोलीका खेलाडीहरुमा सदिश प्रधान, विनोद महर्जन, विजय बुर्जा, निकेश राखल मगर, मविन्द्र भण्डारी, अजय कुश्वाहा, दिवेश्वर शाह, आयुश सिंह, निश्चल महर्जन, मनीष केसी, अशिम श्रेष्ठ र श्रेयशबहादुर शाह रहेका छन् ।

प्रशिक्षकमा विपिन कपाली र नृपेश श्रेष्ठ तथा व्यवस्थापक सुशील गुरुङ छन् । टोली सोमबार माल्दिभ्स प्रस्थान गर्दैछ ।

प्रतियोगितामा उपाधि जित्ने लक्ष्यसहित नेपालले मुख्य प्रशिक्षक दिनेश नकर्मीको प्रशिक्षणमा एक महिना प्रशिक्षण गरेको नेपाल बास्केटबल संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?