+
+

सुदूरपश्चिमको नाम फेरेर खप्तड थरुहट प्रदेश राख्न नागरिक उन्मुक्ति पार्टीको माग

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २८ गते १०:४०

२८ जेठ, धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको नाम फेर्न माग गरेको छ ।

आइतबार प्रदेश सभाको बैठकमा अगामीआर्थिक वर्षको नीति तथा कार्यक्रमको छलफलमा भाग लिंदै पार्टीका प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले प्रदेशको नाम संशोधन गर्नुपर्ने माग गरेका हुन् ।

प्रदेश सभाको लोगो संशोधनका लागि समिति गठन गरिएको विषयलाई स्वागत गर्दै चौधरीले प्रदेशको नाम पनि सान्दर्भिक  नभएकाले संशोधनगर्दै खप्तड थरुहट प्रदेश राख्नुपर्ने माग गरेका हुन् ।

‘प्रदेशको लोगो संशोधन गर्न समिति गठन गरिएको कुराको स्वागत गर्न चाहान्छु,लोगो मात्र फेरिएर हुँदैन,’चौधरीले भने, ‘प्रदेशको नाम पनि फेरिनुपर्छ । सुदूर शब्द राज्य, समुदाय र प्रदेशबाट समेत टाढा राखिएको भान भएको छ । नाम संशोधन गरिनुपर्छ । यहाँको समुदाय र संस्कृती झल्किने गरी खप्तड थरुहट प्रदेश राख्नुपर्छ ।’

सुदूरपश्चिम प्रदेश सभाको लोगो सान्दर्भिक नभएको भन्दै प्रदेश सभा सदस्य पदमबहादुर शाहीको संयोजकत्वमा संशोधन समिति गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?